एजेन्सी। भारतमा कोरोना नियन्त्रणमा सेनाको मद्दत लिनुपर्ने बहस सुरु भएको छ। कोरोनाविरुद्धको लडाइँमा सेनाका सेवानिवृत्त चिकित्सकहरु सहभागी गराउने चिफ अफ डिफेन्स स्टाफको निर्णयको त्यहाँ स्वागत गरिएको छ। कतिपय मुलुकबाट प्राप्त सहयोग जहाजबाट ल्याउन र देशका विभिन्न क्षेत्रमा पुर्याउन सेनाको प्रयोग हुनुपर्ने माग हुन थालेको छ। देशको ध्वस्त स्वास्थ्य व्यवस्थामा सेना सहयोगी बन्न सक्ने धारणा बलियो भएको छ।