आयुर्वेद, प्राकृतिक चिकित्सा तथा योग प्रतिष्ठान स्थापनामा सहयोग गर्छौं : मन्त्री खापुङ
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय आयुर्वेद, प्राकृतिक चिकित्सा तथा योग प्रतिष्ठान स्थापनाको माग आइरहेकाले त्यसलाई पूरा गर्न सरकारले सहयोग गर्ने बताएका छन्।
चितवन। पछिल्लो समय प्राकृतिक चिकित्सा पद्धतिमा बिरामीको आकर्षण बढ्दै गएको पाइएको छ । विशेषगरी दीर्घरोगी, नसा, हाडजोर्नी, स्नायु, चर्मरोग, मेरुदण्ड, पक्षाघातजस्ता जटिल रोगका उपचारका लागि यो पद्धति प्रभावकारी बन्दै गएको छ ।
बिरामीलाई लामो समय प्राकृतिक पद्धतिद्वारा उपचार गरिने र सञ्चो पनि हुने भएकोले त्यस्ता बिरामीले यो पद्धति पछ्याउन थालेका हुन् । चितवनको देवघाटस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा पछिल्लो समय बिरामीको चाप बढ्न थालेको छ ।
पछिल्लो समय प्राकृतिक चिकित्सा पद्धतिमा आकर्षण बढ्दै गएको चिकित्सालयका फिजियोथेरापी विभागका प्रमुुख डा. अनिलबाबु पराजुलीले जानकारी दिए । दीर्घरोगी र एलोपेथिक उपचारपश्चात् पनि थप उपचारका लागि यहाँ आउने गरेको उनले बताए । ‘चिकित्सालयमा नसा, हाडजोर्नी, स्नायु, चर्मरोग, मेरूदण्ड, पक्षाघातजस्ता जटिल रोगको बिना औषधि उपचार हुने गरेको छ,’ उनले भने ।
उनका अनुसार प्राकृतिक चिकित्सालयबाट जुनसुकै रोग पनि औषधिको प्रयोगबिना नै सफल उपचार हुँदै आएको छ । पछिल्लो समय चिकित्सालयमा आवश्यकता अनुसारका यन्त्र उपकरण पनि थपिएकाले उपचारमा थप सहज भएको छ । ‘अझै पनि हामीसँग पर्याप्त स्रोतसाधन छैन, तैपनि उपलब्ध स्रोत र साधनका आधारमा सहज सेवा दिँदै आएका छौं,’ उनले भने ।
कोरोना महामारीमा चर्चा कमाएको यो चिकित्सालयमा चितवनसहित छिमेकी जिल्ला गोरखा, लमजुङ, तनहुँ, कास्कीलगायत जिल्ला र अन्य क्षेत्रका नागरिक पनि सेवा लिन आउने गरेका छन् । यहाँ रोगको प्रकृतिअनुसार १५ दिनदेखि डेढ–दुई महीनासम्म उपचारका लागि समय लाग्ने गरेको छ । चिकित्सालयका मेडिकल अफिसर डा. सुजन कँडेलका अनुसार प्रकृतिमा निहित तत्वको प्रयोग नै प्राकृतिक चिकित्सा हो । प्राकृतिक नियमविपरीतका गतिविधि गरिँदा मानव स्वास्थ्यमा विभिन्न खालका रोग फैलिने क्रम बढ्दै गएको उनको भनाइ छ । ‘आकाश, जल, वायु, पृथ्वी, अग्निसहितका पञ्चतत्वको सन्तुलित अवस्थाले मानव स्वास्थ्यमा रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ,’ उनले भने, ‘त्यसलाई सन्तुलनमा राख्ने काम प्राकृतिक चिकित्सा पद्धतिले गर्छ ।’
चिकित्सालयका अध्यक्ष पूर्णबहादुर श्रेष्ठका अनुसार हाल चिकित्सालय ५० शøया क्षमता भए पनि सरकारबाट जम्मा २५ शøयाको अनुमति पाएको छ । नारायणगढ बजारबाट नजिक र जंगलको बीचमा रहेको चिकित्सालयमा योग, ध्यानसहित प्राकृतिक वातावरणमै बिरामीको उपचार हुँदै आएको छ ।
चितवन– भरतपुर महानगरपालिकाले स्वस्थ जीवनका लागि सबै विद्यालयमा योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षणको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षबाट ‘शिक्षामा योग, टाढा लाखौं रोग’ नाराका साथ सामाजिक सङ्घ संस्थासँगको समन्वयमा विद्यालयमा योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षणको व्यवस्था मिलाउन लागिएको हो । महानगर प्रमुख रेनु दाहालले शैक्षिक क्षेत्रमा व्यवहारिक र जीवनोपयोगी ज्ञानलाई समेत ध्यान […]
दाङ : नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङमा प्राकृतिक चिकित्सा तथा योग विज्ञान अध्यापन हुने भएको छ।
विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा तथा योग विज्ञान अध्यापन हुन लागेको बताए। यसका लागि बेलझुण्डीमा ४३ करोड रूपैयाँ लागतमा शिक्षण भवन निर्माण गर्ने तयारी विश्वविद्यालयले गरेको छ।
यसका लागि तयारी भइसकेको उनले बताए। ‘नेपालमै पहिलो पटक विश्वविद्यालयमा प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पठनपाठन शुरु हुँदै छ,’ उनले भने‚ ‘यसका लागि ४३ करो...
चन्द्र कटुवाल कुनै पनि औषधीको प्रयोग नगरी, शल्यक्रिया नगरी, सुई नखोपी गरिने उपचार विधिलाई प्राकृतिक चिकित्सा भनिन्छ । यो प्रभावकारी र हानिरहित विधि हो । “रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै सर्वोत्तम उपाय हो ।” यो नै प्राकृतिक चिकित्साको मूलमन्त्र हो । जग हो । रोग लागिसकेपछि मात्र होइन, रोगमुक्त जीवन बाच्नका लागि […]
काठमाडौं । आज राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ । दिवसको यस वर्षका लागि नारा ‘कोभिडपछिको समस्या, प्राकृतिक चिकित्सा’ रहेको छ ।
दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले योग, प्राकृतिक चिकित्सा तथा प्राकृतिक जीवनशैलीले रोग प्रतिरोधात्मक क्षमतामा बढाउन र अन्य रोगहरुको जोखिमबाट...
राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको पूर्वसन्ध्यामा योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले यस्तो गुनासो गरेका हुन्।
दाङ – नेपाल संस्कृत विश्वविद्यालयले नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पाठ्यक्रम तयार पारेको छ । स्नातक तहको प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पाठ्यक्रम तयार पारी विषयगत समितिमा पठाइएको विश्वविद्यालयले जनाएको छ ।
विषयगत समितिबाट स्वीकृत गरि पाठ्यक्रम चिकित्सा सेवा आयोगमा पठाइने र आयोगले स्वीकृति दिए लगत्तै पठनपाठन शुरु गरिने विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेले जानकारी दिनुभयो । उपकुलपति लामिछानेका अनुसार आयुर्वेद स्नातक तहसमेत अध्ययन गराइरहेको विश्वविद्यालयका लागि ...
-अभय श्रेष्ठ : हुन त अचेल ओरिएन्टालिस्ट विज्ञानको वकालत गर्नेहरूले पूर्वीय प्राकृतिक चिकित्सा र जटिबुटीले काम गर्छ भन्ने कुनै प्रमाण भेटिएको छैन भनेको खुब सुनिन्छ । तिनले बेसार, लसुनले चिसोले हुने रोगविरुद्ध प्रतिरोधी क्षमता बढाउँछन् भन्ने कुरामा समेत प्रमाण भेटिएको छैन भनेको सुन्छु । उनीहरू योग र प्राणायामले फोक्सो, मुटुलाई बलियो पार्ने र शरीरमा अक्सिजनको […]
काठमाडौं- प्राकृतिक चिकित्सा तथा योग हस्पिटल सञ्चालकहरुले एसोसिएसन गठन गरेको छन्। आज काठमाडौंमा एक कार्यक्रम गर्दै ‘प्राकृतिक चिकित्सा तथा योग हस्पिटल एसोसिएसन नेपाल’ गठन गरेको...