आयोगले अब जनतालाई भन्नुपर्‍यो– ६ महिनामै चुनाव गराउँछौं : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन भएको ६ महिनाभित्रमा चुनाव भइसक्नुपर्ने बताएका छन् ।  सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपनि निर्वाचन आयोगले भने चुनावको तयारी रोक्न नमिल्ने उनले बताए ।  नेपाली कांग्रेसले रुपन्देहीमा सोमवार आयोजना गरेको सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधि सभा पुनःस्थापना नभए जेठ अन्तिमसम्ममा चुनाव गरिसक्नुपर्ने बताएका हुन् ।  ‘संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गर्नुपर्छ, जेठको अन्तिमसम्ममा गर्नुपर्छ । निर्वाचन आयोगलाई यहीँबाट भन्न चाहन्...

सम्बन्धित सामग्री

संघीयताको सही अभ्यास : तीन तहका चुनाव अलग-अलग समयमा गरौं

फरक-फरक प्रकृतिका, फरक-फरक सरकार जनतालाई एकै पटक छान्न लगाउनु भनेको दुई गाँस एकै पटक खा भन्नु जस्तै हो । अझ भन्नुपर्दा यस्तो निर्वाचनलाई आयोगले गरेको झेली निर्वाचन भन्नु अतिशयोक्ति नहोला ।

निर्वाचन आयोगले मतपत्रको रङ फेरेको विषय मुद्दा हाल्नुपर्ने विषय हो : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले गठबन्धनबाहेकका कुनैपनि राजनीतिक दलहरुसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाएको भन्दै आपत्ति जनाएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आयोगले काँग्रेसको कुरा मात्रै सुनेर निर्वाचन मतपत्रको रङ परिवर्तन गरेकोले यो मुद्दा हाल्नुपर्ने विषय भएको बताए ।  अध्यक्ष ओलीले मतपत्रको रङ फेर्ने कुरा स्वच्छ नभएको भन्दै रातो सूर्यलाई पनि हरियो बनाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले निर्वाचन आयोगलाई पहिला आफूले गरेको आचारसंहीताको आफै कार्यान्वयन गर्न पनि सुझाव दिए । ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा दिएको धम्कीका कारण प्रधानमन्त्री शेरबहादुर देउवा डराएर रेणु दाहाललाई आफैले भरतपुरको मेयरमा उठाएको भन्ने भाषण गरेको पनि आरोप लगाए । उनले ठूला नेताहरुले आचारसंहीता मिच्दा आयोग आँखामा पट्टी लगाएर बसेको भन्दै यस्ता कुरामा नमुछिन आयोगलाई आग्रह गरे । अध्यक्ष ओलीले भने, ‘निर्वाचन आयोगले  गठबन्धनका राजनीतिक दलहरुसँग बाहेक अरुसँग परामर्श गरेन । गठबन्धनसँग परामर्श गरेर अरुले पनि मान्नुपर्ने आचारसंहीता ल्यायो । अरु दलले हामीलाई त छलफल गराइएन भन्दा हस्ताक्षर गरे गर्नुहोस् नगरे नगर्नुहोस् तर नियम यही लागू हून्छ भन्यो । त्यसपछि हाम्रो दलले त्यहाँ हस्ताक्षर गर्नुपर्ने आवश्यक्ता सहमति जनाउनुपर्ने आवश्यक्ता रहेन । त्यसकारण हामीले हस्ताक्षर गरेनौँ ।' उनले अगाडि भने, 'नेपालमा राजनीतिक दल भनेको काँग्रेस मात्रै हो ? रङ फेर्न पर्छ भने अरु राजनीतिक दललाई बोलाउनु पर्दैन ? यो मुद्दा हाल्नुपर्ने विषय हो र यसलाई बदर गर्नुपर्ने विषय हो । यो स्वच्छ ढंगले आएन । रातो सूर्य पनि हरियो हुने, हरियो रुखलाई हरियो पार्नका लागि रातो सूर्य पनि हरियो बनाउने यो कुनै न्यायको कुरा होइन ।' अध्यक्ष ओलीले विष बमन गर्ने काम गठबन्धनको भएको पनि बताए । उनले जनतालाई भयरहीत  वातावरणमा चुनावमा सहभागी गराउनु पर्ने भएपनि जनतालाई त्रास र धम्की दिइरहेकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।  उनले केहीदिनअघि एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले रेणु दाहालले चुनाव नजिते देश दुर्घटनातिर जानसक्ने भन्दै दिएको अभिव्यक्ति दिन पाइन्छ कि पाइँदैन भन्ने प्रश्न समेत गरे । उनले प्रचण्डले दिएको अभिव्यक्ति आचारसंहीता विपरित भएको र यो अराजनीतिक वक्तव्य भएको तर्क गरे । अध्यक्ष ओलीले आफ्नो पार्टीले चाहेमा गठबन्धन हप्ता दिनमा भत्काउन सक्ने दाबी गर्दै अहिलेको गठबन्धनका दलहरुलाई जता धेरै दुध दिन्छ त्यतै पल्किने बिरालोको संज्ञा दिए । अध्यक्ष ओलीले भने, ‘गठबन्धनको एउटा हर्ताकर्ता मैहुँ भन्ने नेताले जनतालाई लल्कालेर, धम्क्याएर, होइन भने दुर्घटनामा देश जान्छ भनेर तर्साएर बसेका छन् । यसरी तर्साएर भोट मागन पाइन्छ ? निर्वाचनका बेला त्रासको वातावरण सिर्जना गर्नु आचारसंहीता विपरित हो कि होइन ? धम्क्याउँदै प्रचण्डले हँसिया हतौडामा छाप लगाइन्न भन्ने हो भने दुर्घटना हुन्छ भनेका छन् । भोट दिएन भने चाँखौला, पखौला भन्ने ? यो अत्यन्तै गलत हानिकारक कुरा हो । आचारसंहीता विपरित कुरा हो । अराजनीतिक कुरा हो ।’

चुनावमा नेतालाई मस्ती, जनतालाई सास्ती

विषयप्रवेश देशैभर अहिले स्थानीय चुनावको चहलपहल सुरु भएको छ, उम्मेदवार मत माग्न घरघर पुगेका छन्। जनताको करको व्यापक दुरुपयोग भएको छ, मन नलागेर पनि हात हल्लाउनु परेको छ। देशमा चुनाव खर्चिलो छ, राज्यको तर्फबाट हुने खर्च त अर्बौँ छँदैछ। उम्मेदवारबाट हुने खर्च पनि झण्डै खर्बको हाराहारीमा छ। चुनावमा आयोगले खर्चको सीमा तोकेको छ। तर, २५ […]

स्थानीय चुनाव र हाम्रो नियति

नेपालका स्थानीय तहका लागि हुने चुनावले मानिसहरूलाई तरंगित पार्न थालिसकेको छ । उम्मेदवार छनोटदेखि कसले निर्वाचन जित्ला भन्ने विषयमा अड्कालबाजी र विश्लेषण हुन थालिसकेका छन् । चुनाव भन्नेबित्तिकै हाम्रो जस्तो अविकसित देशमा एक किसिमको पर्व जस्तै हुन्छ, किनकि पार्टीका कार्यकर्ताको लागि करीब १ महीना केही आर्जन गर्ने स्रोत बन्छ भन्दा केही फरक नपर्ला । यो १ महीना उनीहरूलाई न घरमा खाने फुर्सद हुन्छ न त रातमा घरमा फर्कने नै । सुरक्षा आदिका लागि सरकारले गर्ने खर्च, निर्वाचन आयोगले गर्ने खर्च र उम्मेदवारहरूले गरेको खर्चले अर्थतन्त्रलाई गति दिन्छ । प्रचारप्रसारका सामग्री आपूर्ति गर्नेहरूका लागि यो निर्वाचन आम्दानीको राम्रो स्रोत बन्छ । यही १ महीनाले विकासको गतिलाई असर गर्छ । चुनावमा नेताहरूले अनौपचारिक रूपमा जम्मा गरेको रकम बजारमा आउँछ । त्यो रकमको केही अंश औपचारिक अर्थतन्त्रमा पनि आउँछ । कार्यकर्ताहरूलाई मासुभात खुवाउने र आवश्यक केही रकम पनि दिने गरेको पाइन्छ । युवा पिढी बुझेर पनि तिनै नेताको पछि लागेर आवश्यक परे विरोधीहरूको ठूलो पक्षसँग मारमुंग्री गर्न पछि पर्दैनन् । अल्पविकसित राष्ट्रहरूमा यस्तो समस्या बढी हुन्छ । हुन त हो आफूले समर्थन गरेको पार्टीको नेतालाई जिताउन आफूले सकेको प्रयास गर्नुपर्छ तर झगडा गरेर होइन । सम्झाउन प्रयास गर्नुपर्छ । सम्झाउँदा नभए आफ्नो बाटो लाग्न सक्नुपर्छ । हामीले के बुझ्नुपर्छ भने देश हामी सबैको साझा हो र हामी सबैलाई आफूलाई मन परेको पार्टीलाई समर्थन गर्नु हाम्रो अधिकार छ । नेताहरूले पनि आफ्ना कार्यकर्तालाई सम्झाइबुझाई भोट दिलाउने प्रयास गर्नुपर्छ तर झगडा र काटमार हुन दिनु हुँदैन । यसले लोकतन्त्रलाई बलियो बनाउँदैन । निर्वाचनका बेलामा जेजस्तो गरेर भए पनि जनताको भोट लिने तर जितेपछि जनतालाई चटक्क बिर्सने प्रवृत्तिले गलत हो । निर्वाचनमा पराजय बेहोर्नेले पनि जनतामाझ जान छाड्नु हुँदैन । तर, उनीहरू पनि ५ वर्ष हराउने गर्छन् र चुनावका बेलामात्र जनतामाझ अनेक आश्वासन लिएर जान्छन् तर काम चाहिँ केही पनि गर्दैनन् । नेताले आफू जित्न पैसाको खोला बगाउँछन् । त्यो पैसा उठाउन उनीहरूले भ्रष्टाचार गर्ने गर्छन् । यस्ता व्यक्तिलाई जिताउनु भनेको भ्रष्टाचारलाई मान्यता दिनु हो । हामी जनताल आफ्नो शक्ति प्रयोगगर्ने सही समय निर्वाचन नै हो । निर्वाचनबाट नै खराब नेतालाई पराजित गरेर दण्डित गर्नुपर्छ भने काम गर्ने नेतालाई अवसर दिनुपर्छ । कतिपय मानिसमा हार्नेलाई भोट दिएर किन आफ्नो भोट खेर फालूँ भन्ने सोच पनि पाइन्छ । तर, हामी यो विचार गर्दैनौं कि राम्रो मानिसले जीवनमा पैसाभन्दा इज्जतलाई महत्व दिएका हुन्छन् । राजनीतिमा यस्ता राम्रा मानिस नभएका होइनन् । तर, तडकभडक गर्नेलाई जनताले मत दिने भएकाले असल नेताहरूले निर्वाचनका बेला टिकट नै नपाउने अवस्था छ । यस्ता असल नेतासंग कार्यकर्तालाई मासुभात खुवाउने र पैसा दिने सामथ्र्य हुँदैन । त्यसैले उनीहरू घरदैलो कार्य गर्दा कार्यकर्ताको भीड हुँदैन । त्यसैले कार्यकर्ताको भीड हेरेर होइन नेताको चालचलन बुझेर आफ्नो विवेकको प्रयोग गर्नुपर्छ । यसो भयो भने स्थानीय तहको विकास सम्भव हुन्छ । जनताका सानातिना समस्याको सहज सम्बोधन पनि हुन्छ । नेताहरू जनताप्रति उत्तरदायी बन्न पनि थाल्छन् । पार्टी र नेताहरूको भाषण र घोषणापत्र सुरक्षित गरेर राखनुपर्छ र अर्को निर्वाचनमा त्यो देखाएर उनीहरूलाई र्‍याखर्‍याख पार्न सकिन्छ । उनीहरूलाई सही काम गर्न बाध्य पार्न पनि सकिन्छ । यसरी नेताहरूलाई आफ्नो कर्तव्यप्रति सजग पार्न सकिन्छ । यसले नेताहरूलाई भ्रष्ट बन्नबाट पनि रोक्छ । त्यसैले समाजको सजगता नै देस विकासको प्रमुख आधार हो र यो काम हाम्रो समाजले जति चाँडो गर्न सक्यो उत्ति नै चाँडो देश विकासले गति लिन्छ । मुख्य कुरा हामीले मनमा के सोच के राख्नुपर्छ भने देशले मलाई के दियो भन्नु भन्दा पनि मैले देसलाई के दिन सक्छु वा मैले देसलाई के दिएँ भनेर मनमा सधैं राख्नुपर्छ । बढ्दो आयातले विदेशी विनिमय सञ्चिति घटेर हाम्रो देश अहिले संकटको मुखमा पुग्न लागेको छ । यस्तो बेला हुन लागेको निर्वाचनमा नेतृत्व चयन गर्दा विशेष ध्यान दिनुपर्छ । अहिले कुन पार्टीले कस्तो घोषणा पत्र निकाल्छ भन्ने कुरामात्र हेरेर हुँदैन । भनेको काम गरेको छ कि छैन हेर्नुपर्छ । अघिल्लो निर्वाचनमा असम्भव मीठामीठा कुरा घोषणापत्रमा लेखे । तर, निर्वाचन जितेर कार्यकाल समाप्त हुँदा पनि केही गरेको पाइँदैन । उल्टै अरूलाई दोष लगाएर आफूले काम गर्न नपाएको दाबी गर्दै छन् । यस्ता नेतृत्व फेरि मत माग्न आए पनि जनताले प्रश्न गर्नुपर्छ । घोषणा गरेअनुसार किन काम नगरेको भनेर सोध्नैपर्छ । आफूले अवसर पाउँदा कार्य गरेको छ कि छैैन त्यसको मूल्यांकन गरेर मात्र भोट दिनुपर्छ । हुन त यो स्थानीय चुनाव हो र यसमा जितेका नेताहरूले राष्ट्रिय नीति बनाउने होइन । तर, स्थानीय विकासको नीति नियमहरू व्यवहारमा ल्याउने काम यिनीहरूको हो । स्थानीय विकास नै देश विकासको प्रमुख आधार हो र उनीहरूले गरेको राम्रो कामले नै उनीहरूभन्दा माथिल्ला नेताहरूलाई काम गर्न एक किसिमले दबाब दिन्छ । अहिले स्थानीय तहलाई निकै अकिकार सम्पन्न बनाइएको छ । तर, त्यो अधिकारको प्रयोग सही तरीकाले नहुँदा मुलुकले लिएको लक्ष्य पूरा हुन सकेको छैन । गाउँ गाउँमा सिंहदरबार त पुग्यो तर सँगसँगै भ्रष्टाचार पनि गाउँगाउँ पुग्यो । संघीयतापछि स्थानीय तहको यो निर्वाचन दोस्रो हो । यस निर्वाचनमा अघिल्लो निर्वाचनमा गरेका गल्तीलाई सच्याउने अधिकार जनताको हातमा छ । त्यसैले सही नेतृत्व छानेर विकासलाई गति दिनुपर्छ । लेखक नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् ।

राष्ट्रिय चाड चुनाव

यो देवभूमि नेपालमा चाडबाड र उत्सव नमनाएको त दिन नै हुँदैन । प्रत्येक वर्ष मनाइने हरेक क्षेत्र, हरेक जातिका चाडपर्व कम्ती रमाइला हुँदैनन् । देवका पनि देव महादेव भनेजस्तै चाडको पनि चाड यो महान् चाड भने पाँच–पाँच वर्षमा आउँछ । चुनाव पर्वको घोषणा निर्वाचन आयोगले गर्छ, तर यसमा रौनक थप्ने काम चाहिँ मिडियाले नै गर्छन् । तपाईं हाम्रो चाडको सम्बन्ध खोज्नुभयो भने कुनै पुराण वा धार्मिक कथासम्म पुग्नैपर्छ । तर पछि थपिएको यो नयाँ चाड चाहिँ पुराण होइन, राजनीतिसँग जोडिएको छ । अनि स्वर्गका देवतासँग होइन, धर्तीका देवतातुल्य नेतासँग सम्बन्ध राख्छ । यसको नाम हो– चुनावी पर्व । यो चाड पूरै देशैभरि मनाइन्छ । चुनावी पर्व ती सबै वर्गका मानिसले मनाउँछन्, जसको उमेर १८ वर्ष कटेको हुन्छ । चुनाव देउता यो पर्वको प्रमुख देउता मानिन्छन् । चुनाव देउता आफ्नो प्रचार प्रसार गर्न अरू सानातिना देउताहरूलाई आह्वान गर्छन् । यी प्रमुख चुनाव देउताले अह्राए अनुसार विभिन्न गतिविधिमार्फत जनताको मन लोभ्याउने काम गर्छन् । चुनाव देउता इन्द्रको सिंहासन प्राप्त गर्न साम, दाम, दण्ड, भेद सबै खाले नीतिको प्रयोग गर्न चुक्तैनन् । यो पर्व मनाउने खास ऋतु नै त तय छैन । चुनाव पर्वको समय घोषणा गर्ने अधिकार सरकारसँग छ । त्यही घोषणा अनुसार जुनसुकै ऋतुमा पनि यो चाड पर्न सक्छ । तर बर्खा र हिउँ पर्ने ऋतुमा चुनाव पर्व पारिने गरेको छैन । चुनाव पर्वको आगमनमा प्रत्येक व्यक्ति झुमेर गाउँछ । सडक, गल्ली, कुना कुनामा समेत लाउड–स्पीकर बज्न थाल्छन् । ठाउँ ठाउँमा चुनाव देउताहरूका पोस्टर टाँसिन्छन्, अनि कति कति केजीका माला लगाइदिने प्रतिस्पर्धा नै हुन्छ । जुलुसहरू निकालिन्छन् । शोभायात्रा, रोड–शो, आमसभा, कोणसभा, जुलुस, र्‍याली आदि नामका गाईजात्राहरू प्रदर्शन गरिन्छन् । मासु, भात, भोजन नैवेद्य पस्किइन्छन् । बियर, ह्विस्कीका बिर्को फुकालेर जल चढाइन्छ । यसबाट मदिरा कम्पनीका देउताहरू पनि खुबै प्रशन्न देखिन्छन् । शोभायात्राहरूमा प्रायः सबै जात, धर्म, वर्ग र दलका युवा खुबै उत्साहका साथ भाग लिन्छन् । सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिन्छन् । देवताको पूजामा देउताको भक्ति गान हुन्छ  । चुनावी पर्वमा चुनावी देउताहरू केही दिन जनताको भजन गाउँछन्, अनि पाँच वर्षसम्म आफ्नो बारेमा भजन सुनेर आनन्द लिन्छन् । केही दिन आफ्नो न्वारनदेखिको बल लगाएर जनतालाई सपनामा भुलाउन सफलता प्राप्त गर्छन् । चुनाव देउता भोलाभाला जनतालाई आश्वासन नामक थुप्रै वरदान पनि दिन्छन् । यसरी देउताहरू आफूलाई दानवीर कर्णका अवतारका रूपमा प्रमाणित गर्ने प्रयास गर्छन् । तर यिनका वरदान कसै कसैलाई मात्र लाग्छ । प्रत्येक देवताको चिह्न अलग भएजस्तै यो चाडमा भाग लिनेहरूको पनि निश्चित अलग अलग चिह्न हुन्छ । निश्चित रङका कपडा हुन्छन् एवं निश्चित रङका ध्वजापताकाका साथ उनीहरू प्रत्येक गल्ली, चोकमा देखिन्छन् । यो चाडमा कतै गुण्डागर्दी त कतै कानून उल्लंघन नामक सडक नाटकहरू खुब देख्न–सुन्न पाइन्छन् । यो चाड कहिले सबै एकआपसमा मिलेर त कहिले एक–अर्काको टाउका फुटाएरै भए पनि मनाउँछन् । केही समययता चलचित्रतिर अभिनय गर्नेहरू पनि यो चाडमा विभिन्न भूमिकामा बढाबढमा भाग लिन थालेका छन् । कहिले कम्मर मर्काउने त कहिले कसैलाई थर्काउने वा जन देउताहरूलाई फकाउने भूमिकामा । चुनावका मुख्य देउताहरूका बुझाइमा यी हाउभाउवालाहरूका कारण आफ्नातिर भीड बन्छ र सभा सभ्य नभए पनि भव्य चैं पक्कै हुन्छ । एक किसिमले यिनको काम मदारीको जस्तै हुन्छ । अझ धन–बलका कारण चुनाव जयन्तीको खुशी डबल धमाका हुन पुग्छ । चुनावी पर्वको मुख्य आकर्षण नै पुरस्कारहरूको वितरण हुने गर्छ । यी पुरस्कार दिनको उज्यालोमा नभई रातिको अँधेरोमा लुकिछिपी दिइने गरिन्छ । पुरस्कार किन दिइन्छ, यो गोप्य नै रहन्छ । पुरस्कार वितरण गर्ने चुनाव देउतासँग मुद्रा द्रव्य कहाँबाट आउँछ र कसरी वितरण गरिन्छ भन्ने जस्ता कुराहरू यो चाडको झिलिमिलीमा त्यत्तिकै हराएर जान्छ । एकै रातमा मतपत्र सर्लक्कै उल्ट्याउन सक्ने खुबी यो पुरस्कारमा हुन्छ । चुनाव जयन्ती मनाउन कतिपय ठाउँहरूमा तोडफोड पनि गरिन्छ । हुलदंगा, अस्त्रशस्त्र, धक्कामुक्का आदि पनि चल्छन् नै । कहिलेकाहीँ त चुनावी देउताहरूका फोटो छापिएका पन्नाहरू राखिएका बाकस नै साटफेर वा गायब समेत पारिन्छ । अझ यो चाडमा रमाइलो त मिडियातिर देखिन्छ । प्रायः सबैखाले मिडियामा अरू सबै प्रकारका समाचारहरूलाई किनारा लगाएर, मानौं अरू कुनै विषय नै छैनन् भनेसरी केवल यै पर्वको विषयमा, यो शुरू हुनु धेरै पहिलेदेखि नै पल–पल खबरहरू प्रसार गरिरहन्छन् । चुनाव पर्वको घोषणा निर्वाचन आयोगले गर्छ, तर यसमा रौनक थप्ने काम चाहिँ मिडियाले नै गर्छन् । यसरी यो चाडमा चुनावी देउतालाई आह्वान गरिन्छ र वरदान मागिन्छ । चुनावी देउता पनि के कम ? मागहरू कहिले तत्कालै त कहिले आश्वासनका वरदान दिएर पूरा गरिदिन्छन् र त्यहाँबाट अन्तरध्यान भइहाल्छन् । पहिलाका देवताजस्तो वरदान मौखिक मात्रै हुँदैन । वरदानको  घोषणापत्र नै हुन्छ र यस्तो वरदान खासमा कसैले पाउँदैनन् । पाँच पाँच वर्षमा यसलाई दोहोर्‍याउने चैं गरिन्छ । ससाना केटाकेटीलाई चुनाव जयन्तीसँग कुनै लेनदेन हुँदैन । उनीहरूको जीवन यी चाड पर्वहरूबाट टाढा भए पनि यो चाड सकिएपछि देउताहरूका नाम किताबहरूमा पढ्नुपर्ने, नाम कण्ठ पार्नुपर्ने बाध्यता उनीहरूलाई आइलाग्छ । त्यस हिसाबले प्रत्येक व्यक्ति यो पर्वसँग जोडिएकै हुन्छ । यो मनाउन सबै जाति धर्मका मानिसहरू भेला हुन्छन् । सबै आआफ्ना काम–साम छाडेर एउटा नयाँ काममा जुट्छन् । सबै बेरोजगारहरू पनि आआफ्नो खोपीबाट निस्किएर सडकमा आएका भेटिन्छन् । उनीहरू सबै आफ्ना आफ्ना चुनावी देउताका लागि आशिर्वाद माग्न त्यहाँ आउँछन् । यस क्रममा चक्काजाम, पसलहरू बन्द हुने जस्ता कुराहरू त सामान्य नै भए । तर असामान्य चैं के छ भने यो चाड कहिले सबै एकआपसमा मिलेर त कहिले एक–अर्काको टाउका फुटाएरै भए पनि मनाउँछन् । यो चुनाव पर्व देशको विधि विधान अनुसार लोकतान्त्रिक हुनुको एउटा प्रतीक पनि हो क्यारे । तर यहाँको लोकतन्त्र अन्तको जस्तो होइन, यो लोकतन्त्रको नयाँ भेरिएशन ठोकतन्त्र चैं हो । तैपनि हामी सबै यो पर्वलाई सौहार्द र खुशीका साथ मनाउने कसम खाएर यसलाई सर्वजन हिताय सर्वजन सुखाय बनाउनै पर्छ । हरेक पाँच वर्षमा आउने यो पर्वले सबैको जीवनमा नयाँ स्फूर्ति ल्याओस् ! र, प्रत्येक चुनावी देउताले हामीलाई विगतमा झैं यसरी नै निरन्तर शुभ आशिर्वाद प्रदान गरिरहून् ! अनि यस्तो चुनावी देउतालाई हामीले पूजाभुजा दिने होइन, तिनबाट लिने वातावरण बनाउन पाइयोस् । चुनाव पर्वको सबैलाई शुभकामना !

निर्वाचन आयोगले कानुन उल्लंघन गर्यो : विष्णु रिमाल

काठमाडौं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह निर्वाचन आचारसंहिताप्रति असन्तुष्टि जनाएका छन्। वैशाख  ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने शर्त व्यवहारिक नभएको भन्दै उनी असन्तुष्टि जनाएका हुन्।उनले सामाजिक सञ्जालमार्फत पालिका अध्यक्ष वा मेयरहरुले चुनावमा जानुअघि पद खाली गरि जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन भन्दै प्रश्नसमेत गरेका छन्।उनले  लेखेका छन्, प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन।

वैशाखमा चुनाव हुँदै हुँदैन, सत्र साल दोहोरिन सक्छ : अध्यक्ष केसी (फोटो/भिडियो)

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।। राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयले संसद विघटन र प्रतिगामी खतराबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा २०७७ माघ १९ गते बागबजारस्थित हार्दिक होटलमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रारम्भमा नै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित अवधारणा पत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि केसीले अहिलेको राजनीतिक सङ्कटको निकास प्रतिनिधि सभा पुनःस्थापना नै भएको बताउनुभयो । ‘हामीलाई थाहा छ, प्रतिनिधि सभा पुनःस्थापना भएपछि पनि जनताका आधारभूत समस्या समाधान हुने छैनन्” उहाँले अगाडि भन्नुभयो– ‘गतकालका जहाँनिया शासनको तुलनामा अहिलेको गणतन्त्र प्रगतिशील व्यवस्था हो ।’ सम्बोधनको क्रममा उहाँले अहिले देशमा २०१७ सालको जस्तो स्थिति दोहोरिन सक्ने सम्भावना पनि व्यक्त गर्नुभयो । ‘तपाईंहरूलाई लाग्छ, केपी ओलीले साँच्चै मध्यावधि निर्वाचनका लागि प्रतिनिधि सभा विघटन गरेका हुन् ?’ अध्यक्ष केसीले निर्वाचन आयोगले सर्वोच्च अदालतको मुख ताकेको र कोरोना महामारीका कारण देशमा चुनाव गराउने स्थिति नभएकाले तोकिएको मितिमा चुनाव हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘समयमै चुनाव गराउन नसकेपछि उहाँले सङ्कटकाल लगाउने नियत पनि राखेकोजस्तो देखिन्छ ।’ देशमा विदेशी चलखेलको सन्दर्भमा उहाँले कमजोरी यहीँका राजनीतिक दलहरूमा रहेको बताउनुभयो । ‘घाउ भएको ठाउँमा माखा भन्किन्छ नि’ उहाँले भन्नुभयो– ‘यहाँका राजनीतिक पार्टीहरू देश र जनताप्रति समर्पित भएर लागेको भए विदेशी शक्तिहरूले खेल्ने मौका पाउँदैनथे ।’ मन्तव्यको क्रममा उहाँले जनतालाई सचेत भएर जनान्दोलनमा लाग्न आग्रह गर्नुभयो । उहाँले थप्नुभयो– ‘मुख्य फैसला नेपाली जनताको शक्तिले गर्ने भएकाले प्रतिनिधि सभा पुनस्र्थापनाका लागि पनि जनता नै एकजुट हुनुपर्दछ ।’ कार्यक्रमा मन्तव्य राख्दै वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारीले देशको सार्वभौमिकताको उपभोग प्रतिनिधि सभाले गर्ने बताउँदै त्यसलाई विघटन गरेर प्रधानमन्त्री ओलीले सार्वभौमसत्ताकै विरोधमा काम गरेको बताउनुभयो । प्रतिनिधि सभा विघटनलाई संविधानको मृत्युसँग तुलना गर्दै उहाँले त्यसका साथै सार्वभौमसत्ता पनि स्वाहा भएको बताउनुभयो । उहाँले प्रतिनिधि सभा पुनःस्थापना गर्दै सार्वभौमसत्तालाई जीवित गर्न सङ्घर्ष गर्न सबैलाई आग्रह गर्नुभयो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूले २०७२ सालको संविधान पोलेको स्मरण गर्नुभयो । ‘यस्तो विडम्बना छ’ उहाँले भन्नुभयो– ...