स्पेनिस ला लिगाको सातौं चरणको खेल सकिँदा रियल म्याड्रिड बलियो अवस्थामा छ ।
अपराजित रियलको यात्रामा कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । रियलमा अहिले यी दुईको जोडी खास जमेको छ ।
रियलले ला लिगाको सात खेलमा २२ गोल गर्दा बेन्जेमा र भिनिसियसले मात्र १३ गोल गरिसकेका छन् ।
सात खेलमा आठ गोल गरेका बेन्जेमाले सात असिस्ट पनि दिए । बेन्जेमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष सुचीमा पनि छन् । पाँच गोल गरेका भिनिसियस दोस्रो स्थानमा छन् । भिनिसियसले सात खेलमा पाँच गोल गर्दै दुई असिस्ट ...