स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । शनिबार भएको खेलमा स्पानियोललाई ४–० गोल अन्तरले हराउँदै रियल चार खेल अगावै लिग च्याम्पियन भएको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन रोर्डिगोले दुई गोल गरे । त्यस्तै मार्काे एसेन्सीयो र करिम बोन्जिमाले एक–एक गोल गरे ।खेलको ३३ औं मिनेटमा रोर्डिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा रोर्डिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको रियलले दोस्रो हाफमा थप दुई गोल गरेको थियो