विश्व चर्चित स्पेनिस ला लिगा फुटबलकाे नयाँ संस्करण गत सातबाट शुरू भएको छ । ला लिगामा हुने खेलको प्रसारण डिशहोमबाट हुने भएको छ ।
यसअघि फेसबूक लाइभबाट प्रसारण हुने गरेको ला लिगा अहिले भने नेपालमा डिशहोमबाट मात्रै हेर्न मिल्ने बनाइएको हो ।
फेसबुकले २०७५ साल साउनमा तीन वर्षका लागि भारतीय उपमहाद्वीप क्षेत्रका देशहरूमा ला लिगाका खेल प्रत्यक्ष प्रसारणको अधिकार लिएको थियो ।
त्यसअघि नेपालसहित, भारत, बंगलादेश, भुटान, अफगानिस्तान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानमा ला लिगा सोनी पिक्चर्स नेटवर्क...