चन्द्रागिरी डाँडामा हिमपात सुरु

पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ । यसैक्रममा बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स प्रालिले जनाएको छ । चन्द्रागिरी हिल्स प्रालिको फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ । गत पुसमा पनि चन्द्रागिरी डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो ।

सम्बन्धित सामग्री

उपत्यकाको शिवपुरी, चन्द्रागिरी र फुल्चोकीमा हिमपात

काठमाडौं, माघ २१ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावसँगै शिवपुरी, फुल्चोकी र चन्द्रागिरीलगायत काठमाडौँ उपत्यका वरिपरिका डाँडामा हिमपात भएको छ । देशभर हिजो विहिबारबाट धुम्मिएको मौसमका कारण आज शुक्रबार झनै चिसो बढेको छ । देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । केहि ठाउँमा भारी हिमपात भएको छ । यसैक्रममा काठमाडौं चन्द्रागिरी र फुल्चोकीमा हिँउ […]

पश्चिमी वायुको प्रभावसँगै हिमाली क्षेत्रमा हिमपात, पहाडी क्षेत्रमा हल्का वर्षा

काठमाण्डाै – देशको पश्चिमी भूभागको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा पहाडी क्षेत्रमा सामान्य वर्षा भैरहेको छ । पश्चिमी वायुको प्रभावको कारण काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा मौसम बदली भएर वर्षा र हिमपात भैरहेको मौसम पूर्वानुमान् महाशाखाकी मौसमविद् शान्ती कँडेलले बताउनुभयो । काठमाण्डौको चन्द्रागिरी लगायतका डाँडाहरुमा सामान्य हिउँ परिरहेको छ । अहिले देशका सबैजसो ठाउँमा बदली भएर केही ठाउँमा सामान्य बर्षा र हिमपात भैरहेको भएपनि ठूलो पानी तथा हिउँ पर्ने सम्भावना भने नरहेको मौसमविद् कँडेलले बताउनुभयो । य...

हिउँले छोपेको चन्द्रागिरी [भिडियो]

गएराति देखिको वर्षाका कारण बुधवार देशका उच्च पहाडी र हिमाली भूभागमा हिमपात भयो । राजधानी काठमाडौं उपत्यका आसपासका डाँडाहरूमा पनि हिउँ परेको छ । चन्द्रागिरीमा बिहानैदेखि हिउँ पर्‍यो । बुधवार बिहान चन्द्रागिरी पुग्दा पूरै डाँडो हिउँले ढाकिएको थियो । हेर्नुहोस्, भिडियो :

हिउँ पर्दा यस्ताे देखियाे चन्द्रागिरी (फाेटाे फिचर)

काठमाडौं । काठमाडौंदेखि नजिकै पर्ने चन्द्रागिरीमा बिहानदेखि हिमपात भएको छ। मौसम परिर्वतन भएसँगै गएरातीदेश देशका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्न थालेको छ । त्यही क्रममा चन्द्रगिरीमा हिउँ परेको हो । चन्द्रागिरीमा परेपछि हिउँ हेर्न जानेको भिड लाग्न थालेको छ । तस्वीर : चन्द्रागिरी हिलको फेसबुकबाट

हिउँले ढाकियो चन्द्रागिरी (फोटोफिचर)

यतिबेला काठमाडौँमा  वर्षा भइरहेको छ । काठमाडौँमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडका जेनरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका छन् ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।

राजधानीको चन्द्रगिरीमा हिमपात, तस्बिरमा हेर्नुहोस्

गएरातिदेखिको वर्षासँगै राजधानीको चन्द्रागिरीमा हिमपात भएको छ । चन्द्रागिरी हिल्सले सामाजिक सञ्जालमार्फत हिमपात भएको भन्दै केही तस्बिर सार्वजनिक गरेको छ ।  हिमपात भएसँगै चन्द्रागिरिमा मानिसहरु हिउँ खेल्नका लागि बिहानै पुगेका छन् ।

काठमाडौँमा वर्षासँगै चन्द्रागिरिमा हिमपात

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।यतिबेला काठमाडौँमा पनि वर्षा भइरहेको छ । काठमाडौFमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका हुन् ।

काठमाडौँ उपत्यकालगायत ठाउँठाउँमा वर्षा र हिमपात

काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ भने उपत्यका आपसपासका उच्च पहाडी क्षेत्रमा सामान्य हिमपात भएको छ । पश्चिमी वायुको प्रभावसँगै विगत दुई दिनदेखि मुलुकभरको जनजीवन चिसो भएसँगै हिमाली क्षेत्रमा भारी हिमपात जारी रहेका बेला उच्च पहाडी क्षेत्रमासमेत आज हिमपात भएको हो ।   तराइका क्षेत्रमा बाक्लो हुस्सुसहितको शितलहर र पहाडी क्षेत्रमा मौसम बदली भइ विभिन्न भागमा पानी पनि परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज काठमाडौँको चन्द्रागिरी फुल्चोकीलगायत आसपासका क्षेत्रमा सामान्य हिउँ परेको छ । जल तथा मौस...

उपत्यका आपसपासका उच्च पहाडी क्षेत्रमा सामान्य हिमपात

काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ भने उपत्यका आपसपासका उच्च पहाडी क्षेत्रमा सामान्य हिमपात भएको छ । पश्चिमी वायुको प्रभावसँगै विगत दुई दिनदेखि मुलुकभरको जनजीवन चिसो भएसँगै हिमाली क्षेत्रमा भारी हिमपात जारी रहेका बेला उच्च पहाडी क्षेत्रमासमेत आज हिमपात भएको हो ।   तराइका क्षेत्रमा बाक्लो हुस्सुसहितको शितलहर र पहाडी क्षेत्रमा मौसम बदली भइ विभिन्न भागमा पानी पनि परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज काठमाडौँको चन्द्रागिरी फुल्चोकीलगायत आसपासका क्षेत्रमा सामान्य हिउँ परेको छ । जल तथा मौस...

काठमाण्डौ उपत्यकाका फुल्चोकी र चन्द्रागिरीमा हिउँ पर्याे

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका फुल्चोकी र चन्द्रागिरी डाँडामा हिउँ परेको छ । आज बिहानदेखि बढेको चिसोका कारण काठमाण्डौ उपत्यका आसपासका डाँडामा सामान्य हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दामनमा पनि हिउँ परेको छ ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज चिसो बढेको छ । महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश एकका थोरै ठाउँमा पानी परेको छ । यस्तै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भइरहेको महाशाखाका मौसमविद् निराजन सापकोटाले जानका...