चन्द्रागिरी हिल्स १ करोड ७५ लाखभन्दा बढी नोक्सानीमा

माघ १७, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ करोड ७५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।  सोमवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा खुद नोक्सानीमा कमी आएको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनी रू. १२ करोड ३२ लाखभन्दा बढी खुद नोक्सानीमा थियो । यसवर्ष सञ्चालन आम्दानी ४०३ प्रतिशत बढेकाले कम्पनीको खुद नोक्सानीमा कमी आएको हो ।  गत वर्ष रू. ५ करोड १५ लाखभन्दा बढी केबलकार सञ्चालनबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २५ करोड ९२ लाखभन्दा बढी यो आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार छ । जगेडा कोष रकम भने रू. ४३ करोड ७५ लाखभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिसम्म रू. २६ करोड २९ लाखभन्दा बढी यो रकम ऋणात्मक रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको जगेडा कोषको ऋणात्मक रकममा भने वृद्धि भएको छ ।  कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २ दशमलव २९ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४८ रहेको छ ।

सम्बन्धित सामग्री

चन्द्रागिरी हिल्सको लक इन राखिएकाे शेयरकाे अवधि सकिदै

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको लक इनमा राखिएको शेयरको लक इन अवधि माघ ८ गते सकिने भएको छ । संस्थापक शेयर, स्थानीय वासिन्दाले लिएको शेयर र कम्पनीका कर्मचारीले लिएको शेयरको लक इन अवधि सकिने भएको हो । कम्पनीका अनुसार संस्थापक समुहको १ करोड ३५ लाख कित्ता शेयर, स्थानीयवासीको ३ लाख ६ हजार ८ सय १९ कित्ता र ६१ हजार ३ सय ६४ कित्ता शेयर गरि कुल १ करोड ३८ करोड ३८ लाख ६८ हजार २ सय ५० कित्ता शेयरको लक इन अवधि खुल्ने भएको हो । लक इन अवधि खुलेपछि यी शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।

चन्द्रागिरी हिल्सको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, अन्य सूचक कस्ता ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा वृद्धि भएको छ ।  कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६३  प्रतिशत वृद्धि भएको हो ।  गत आवमा कम्पनीले रू. १ करोड ३१ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड १३ लाख पुगेको हो ।  चालू आवमा कम्पनीको  सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  सञ्चालन आम्दानी गत आवको तुलनामा चालू आवमा १० दशमलव ५९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन आम्दानी रू. १८ करोड ६४ लाख रहेकोमा चालू आवमा बढेर रू. २० करोड ६१ लाख पुगेको हो ।  नाफाबढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८५ पैसा रहेकोमा चालू आवमा बढेर १ रुपैयाँ ३९ पैसा पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५३ करोड रहेको छ । जगेडा कोष भने रू. २१ करोड ३० लाख ऋणात्मक रहेको छ । चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ११ पैसा र चालू अनुपात ३ दशमलव २५ गुणा रहेको छ ।

चन्द्रागिरी हिल्स यो वर्ष करीब ८ करोड नाफामा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ७ करोड ७७ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म रू. १ करोड ५८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो । यस वर्ष कम्पनीको सञ्चालन आम्दानी गत वर्षभन्दा करिब ४२ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ४४ करोड ४० लाखभन्दा बढी रहेको सञ्चालन आम्दानी यस वर्ष रू. ६२ करोड ९० लाखभन्दा बढी भएको हो ।  कम्पनीको कुल खर्च पनि यो वर्ष बढेको छ । गत वर्ष रू. १२ करोड ६० लाखभन्दा बढी कुल खर्च गरेको कम्पनीले यस वर्ष रू. १७ करोड ५७ लाखभन्दा बढी कुल खर्च गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार छ । जगेडा कोष रकम भने रू. ३० करोड ७८ लाखभन्दा बढी ऋणात्मक रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव ७६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. ७९ दशमलव ९३ रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

चन्द्रागिरीको नाफा १ करोड नाघ्यो

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले तीन महिनामा १ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बिबरण अनुसार साउन देखि असोज मसान्तसम्ममा कम्पनीले १ करोड ३१ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यसैअवधिमा चन्द्रागिरीले २ करोड ३७ लाख […]

आज नेप्से एक दशमलव ६ प्रतिशतले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाण्डाै – आज पनि नेप्से परिसूचक घटेको छ । नेप्से आज एक दशमलव ६ प्रतिशतले घटेको हो । हिजोको तुलनामा ३९ दशमलव २३ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय १६ विन्दुमा झरेको हो । नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ । आज २ सय १२ कम्पनीको ६ अर्ब २५ करोड ४८ लाख ९ हजार बराबरको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर कारोबार भएको छ । आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको २९ करोड ९७ लाख ६ हजार बराबरको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य १० ...

चन्द्रागिरीको सेयर कारोबार खुल्यो, कति  प्रतिकित्ता कतिमा भयो कारोबार ?

चन्द्रागिरी हिल्स लिमिटेडको सेयर कारोबार आइतबारबाट खुला भएको छ । चन्द्रागिरीको पहिलो कारोबार प्रतिकित्ता १ सय ६१ रुपैयाँमा भएको छ । चन्द्रागिरीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ९६ रुपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसासम्म रेन्ज तोकेको थियो ।सोही रेन्जभित्र रहेर चन्द्रागिरीको पहिलो कारोबार भएको हो । ‘सीजीएच’ संकेतमा यसको कारोबार भएको छ । गत शुक्रबार चन्द्रागिरीको  १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता सेयर नेप्सेमा सूचीकरण भएको थियो ।