काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत सोमबार पार्टीको नवलपरासी (पूर्व) को प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै राजतन्त्र पुनःस्थापना गर्न नसकिने तर धर्म निरपेक्षता हटाएर हिन्दु राज्य राख्ने विषयमा छलफल गर्न सकिने अभिव्यक्ति दिए। ‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र कुनै हालतमा फर्किँदैन। संघीयता र गणतन्त्रविरुद्धको कुनै गतिविधि स्वीकार्य हुँदैन। धर्मको विषयमा मान्छेहरूले सोच्नुपर्ने भन्छन्, सरसल्लाह गर्न सकिन्छ’, देउवाले भनेका थिए। देउवाको