पोखरियाका मेयर रौनियार कांग्रेसमा प्रवेश

२६ फागुन, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले वीरगञ्जमा आयोजना गरेको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा रौनियार कांग्रेसमा प्रवेश गरेका हुन् । बिहीबार वीरगञ्ज आइपुगेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले टिका र माला लगाएर  मेयर रौनियरलाई पार्टी प्रवेश […]

सम्बन्धित सामग्री

बर्दिबासका मेयर फर्किए कांग्रेसमा,देउवाले गरे स्वागत

काठमाडौं,१६ वैशाख । महोत्तरीको बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्री पुनः नेपाली कांग्रेसमै फर्किएका छन्। शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आयोजित एक कार्यक्रममा मेयर क्षेत्रीलाई पार्टी सभापति देउवाले कांग्रेसमा स्वागत गरेका हुन्। गएको स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट नदिएको झोकमा स्वतन्त्र उम्मेद्वारी दिएको क्षेत्री समूहले नगर प्रमुख,उपप्रमुखसँगै चारवटा वडासमेत जित्न सफल भएको थियो ।

जनकपुरधामका मेयर साह महामूर्ख घोषित

काठमाण्डौ – २०७९ सालको महामूर्ख उपाधि जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहलाई प्रदान गरिएको छ ।  जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले हरेक वर्ष होलीको अवसरमा आयोजना गर्ने गरेको होली महोत्सव तथा महामूर्ख सम्मेलनका क्रममा यस वर्षको महामूर्खको उपाधि मेयर साहलाई प्रदान गरिएको हो । नेपाली कांग्रेसमा आबद्ध उहाँ मेयरको टिकट पार्टीको भागमा नपरेपछि स्वतन्त्रबाट निर्वाचित हुनुभएको थियो । जनकपुरधाम नगरको फोहरलगायत समस्या समाधानको पहल गरेको भन्दै उहाँलाई त्याे सम्मान दिइएको आयोजकले जनाएको छ ।  नगरप्रमुख ...

माओवादी र एकीकृत समाजवादीले टुंग्याए, कांग्रेसमा विवाद

पाँचदलीय गठबन्धनको नेतृत्व गरेको कांग्रेसमा महानगर र उपमहानगरका लागि मेयर–उपमेयरका उम्मेदवार टुंग्याउन सकस परेको छ । पार्टीको आन्तरिक शक्तिसन्तुलनअनुसार मेयर–उपमेयर टुंग्याउने प्रयास भए पनि शनिबार रातिसम्म शीर्ष नेतृत्वमा सहमति जुटेको छैन ।...

घोराहीमा कांग्रेसको प्रस्ताव : मेयर हामी लिन्छौं, माओवादीले उपमेयर लेओस्

३० चैत, दाङ । नेपाली कांग्रेसले घोराही उपमहानगरपालिकाको नेतृत्व नछाड्ने अडान लिएको छ । २०७४ चुनावमा दोस्रो भएका कारण अहिले गठबन्धन बन्दा पनि आफूहरूले मेयर पाउनुपर्ने कांग्रेस नेताहरूको अडान छ । कांग्रेसमा मेयरको उम्मेदवारका लागि पाँच जना आकांक्षी छन्, राजु खनाल, भूपबहादुर डाँगी, जानकी बस्नेत, कमल किशोर घिमिरे र शंकर डाँगी । खनाल संविधानसभाका पूर्वसदस्य […]

कांग्रेसमा धेरै 'स्काेप' नभएकाले एमाले राेजेँ - मेयर सरावगी

काठमाण्डाै – वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उहाँको विकासप्रतिको चाहनाबाट प्रेरित भएका कारण त्याे पार्टी राेजेकाे बताउनुभएकाे छ । आज सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले यस्ताे बताउनुभएकाे हाे ।उहाँले भन्नुभयो, ‘नयाँ पार्टी रोज्ने बेलामा मसँग दुई वटा विकल्प थिए । कांग्रेसमा जाने विकल्प अलिकति कमजोर किन भयो भने त्यहाँ पहिलादेखि नै भिड छ । त्यहाँ धेरै स्कोप नभएको हुनाले मैले एमाले राेजेँ । एमालेका अध्यक्ष केपी ओलीजीक...

वीरगञ्जका मेयर : कांग्रेसमा जान चाहन्थे, एमाले प्रवेश गरे

२८ फागुन, काठमाडौं । जनप्रतिनिधिका रूपमा गरेको कामबाट वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जति समर्थक जुटाएका छन्, आलोचक पनि त्यत्ति नै बढाएका छन् । चुनाव जितेयता पार्टी लाइनअनुसार काम नगरेको भन्दै आफ्नै पार्टी जनता समाजवादी पार्टीका नेताहरू समेत असन्तुष्ट थिए । एकातिर पार्टीले दोहोर्‍याएर टिकट दिने नदिने अनिश्चित, दिइहालेपनि जित्न कठिन छ भन्ने बुझेका उनी […]

पोखरियाका मेयर रौनियार कांग्रेस प्रवेश

वीरगञ्ज– पर्साको पोखरिया नगरपालिकाका मेयर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार वीरगञ्जमा आयोजित कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार कांग्रेसमा प्रवेश गरेका हुन्। उनलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी संघीय समाजवादी पार्टीबाट मेयरमा निर्वाचित भएका थिए। आफू […]

कपिलवस्तुको कृष्णनगरमा मेयर शाह कांग्रेसमा प्रवेश

काठमाडाैं : कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।२०७४ काे स्थानीय तहकाे निर्वाचनमा स्वतन्त्रबाट चुनाव जितेका शाह कांग्रेसमा प्रवेश गरेका हुन्। कपिलवस्तुको बहादुरगञ्जमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सभापति अमरसिंह पुन र पूर्व सभापति सुरेन्द्रराज आचार्यले शाहलाई पार्टीमा प्रवेश गराएका हुन्।यसअगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि शाह माओवादीमा प्रवेश गर्ने चर्चा थियाे। शाह ला