शुरू हुन सकेन केबुलकार निर्माण

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित पर्यटकीयस्थल छिल्लीकोटमा केबुलकार निर्माण अझै शुरू हुन सकेको छैन । सर्वेक्षण गरिएको एक वर्षभन्दा बढी हुँदा समेत केबुलकार निर्माण काम शुरू गर्ने टुंगो लाग्न सकेको छैन ।      केबुलकार र जिपलाइन निर्माण भएपछि छिल्लीकोटको विकासले फड्को मार्ने स्थानीयवासीको अपेक्षा छ । छिल्लीकोटमा रहेको बुद्ध ढुंगा नजिकबाट एक हजार ४०० मिटरको दूरीमा केबुलकार सञ्चालन गर्नेगरी सर्वेक्षण गरिएको थियो । त्यहाँ दुईपटक सर्वेक्षण भइसकेको छ । केबुलकारसम्म सहजै गाडी आउन सक्ने गरी सडक खनिसकिए पनि निर्माण अझै शुरू भएको छैन । केबुलकार निर्माणका लागि प्रारम्भिक प्रतिवेदन तयार भइसकेको छ । करीब एक अर्ब ४० करोड लागतमा केबुलकार निर्माण गर्ने तयारी भए पनि कोरोनाका कारण काम अघि बढ्न नसकेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । छिल्लीकोटमा साहसिक यात्राको रूपमा रहेको जिपलाइनको निर्माण भने शुरू भएको छ । छिल्लीकोट रिसोर्ट एन्ड थ्री स्टार कम्पनीले जिपलाइन निर्माण गरिरहेको छ । एक करोड १० लाख लागतमा उक्त जिपलाइन निर्माण गर्न लागिएको स्थानीयवासी प्रवीर पुनले बताए । उनका अनुसार वन मन्त्रालयबाट स्वीकृति लिएर त्यहाँ जिपलाइन निर्माण शुरू गरिएको हो । एक हजार २०० मिटर लामो जिपलाइन निर्माण तीन महिनामा सक्नेगरी काम अघि बढाइएको स्थानीयवासी पुनले जानकारी दिए । जिपलाइन निर्माण शुरू भएपछि यहाँका बासिन्दा उत्साहित भएका छन् । रासस

सम्बन्धित सामग्री

११ अर्ब सकियो, पूर्ण साक्षर हुन सकेन

काठमाडौं, माघ ८ । १४ वर्षमा पूर्ण साक्षर हुन नसकेको अवस्थामा अबको दुई वर्षमा साक्षर गर्ने सरकारको योजना सफल हुन सक्दैन । सरकारले २०६५ सालबाट साक्षरता अभियान शुरू गरेको थियो । हालसम्म करिब ११ अर्ब रुपियाँ खर्च भइसक्दा पनि मुलुक पूर्ण साक्षर हुन सकेको छैन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले जारी गरेको साझा नीति तथा […]

कांग्रेस महाधिवेशन : ८ बजेबाट हुने भनिएको मतदान अझै शुरू हुन सकेन

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेबाट हुने भनिएको मतदान अझै शुरू हुन सकेको छैन । मतपत्र आइनपुगेको र अन्य केही प्राविधिक तयारी पूरा हुन समय लागेकाले मतदानमा ढिलाइ भएको कांग्रेस स्रोतले जनाएको छ । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री तथा विभिन्न क्लस्टर अन्तर्गतका केन्द्रीय सदस्यका लागि मतदान गर्ने कार्यसूची छ । सभापतिका लागि वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्र...

दुबै पक्ष सहमतिको प्रयासमा, उद्घाटन सत्रमा ढिलाइ (लाइभ)

काठमाडौँ-  नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुरू हुनुअघि  सहमितको सन्देश दिन दुबै पक्ष असफल भएको छ । सभापतिमा शेरबहुदर देउवालाई नै उठाउने निर्क्यौलमा पुगेको संस्थापन पक्ष पदाधिकारीमा भने सहमति जुटाउन सफल भएको छैन । अन्तिम प्रयासस्वरूप प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरु जुटे पनि सहमति हुन सकेन । इतर समूहमा पनि सभापतिको साझा उम्मेदवारीमा सकस देखिएको छ । […]

महामन्त्रीका दाबेदार धेरै भएपछि देउवा पक्षले टुंग्याउन सकेन पदाधिकारीको सूची

शुक्रवार शुरू हुने पार्टीको १४ औं महाधिवेशनका लागि पदाधिकारीसहितको प्यानल बनाउन बसेको कांग्रेस संस्थापन पक्षको बैठकले बुधवार नाम टुंगाउन सकेन ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको बैठकमा पदाधिकारीको नाम टुंगो लगाउन नसकेको हो ।  बैठकपछि गृहमन्त्री बालकृष्ण खाणले अर्को पक्षले सभापतिको उम्मेदवार छान्न नसकिरहेको अवस्थामा आफूहरूले देउवाको नाम अगाडि सारेको बताए । उनले मनोनयन गर्ने दिन अगावै पदाधिकारीको सूची तय गर्ने बताए ।  ‘अर्को पक्ष...

पदाधिकारी थपपछि पनि नेतृत्वमा कुरा नमिल्दा शुरू हुन सकेन बन्दशत्र

पदाधिकारीको संख्या बढाउने सहमतिपछि पनि नेतृत्वमा सहमति जुट्न नसक्दा एमाले महाधिवेशनको बन्दशत्र शुरू हुन ढिला भएको छ ।  शनिवार बिहान १० बजे नै शुरू गर्ने भनिएको बन्दशत्र मध्यान्ह साढे १२ बजेसम्म शुरू हुन सकेको छैन । बन्दशत्र शुरू हुनुअघि अध्यक्ष केपी शर्मा नेता ओलीले प्रभावशाली नेताहरूबीच छलफल गरेका थिए ।  सहमतिको प्रयासस्वरुप नेताहरूबीच छलफल भए पनि सहमति जुट्न नसकेको स्रोतले बतायो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङले दाबी गरिरहेका छन् ।  महासचिवका लागि उपमहासचिव विष्णु पौडेलको नाममा...

दाङमा राष्ट्रिय जनगणनाको तयारी तीव्र

राष्ट्रिय जनगणनाका लागि पहिलो चरणमा घर तथा परिवारको सूचीकरणको तयारी गरिएको छ । दाङमा यथार्थ विवरण संकलनका लागि २ चरणमा जनगणनाको काम शुरू गरिएको छ ।  जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणनाअन्तर्गत गणनाको समय निर्धारण गरिएको थियो । कोरोनाका कारण तोकिएको समयमा जनगणनाको काम शुरू हुन सकेन ।  सरकारले पुनःदेशभर एकैपटक जनगणना थालेअनुसार दाङमा पनि यसको थालनी गरिएको छ । जनगणना गर्दा पहिलो चरणमा हरेक घरपरिवारको विस्तृत विवरण सुपरिवेक्षकले गर्नेछन् । सुपरीवेक्षकले विभिन्न प्रश्न लेखिएको सूचीकरण फार...

कर्णाली प्रदेश : शुरू हुनै सकेन बजेट छलफल

सुर्खेत । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको एक महीना बित्नै लाग्दासमेत कर्णाली प्रदेशसभामा छलफल शुरू हुन सकेको छैन । प्रदेशसभामा प्रस्तुत बजेट असारभित्र पारित भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को लगातारको अवरोधका कारण छलफलसमेत शुरू हुन नसकेको हो । प्रदेशसभामा गत असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आव २०७८/७९ का लागि ३६ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । त्यसयता बसेका सबै बैठक एमालेको अवरोधपछि स्थगित हुँदै आएका छन् । प्रदेशसभाको मंगलवारको बैठकमा पनि कार्यसूचीमै प्रवेश गर्न पाएन । सभामुखले बैठक प्रारम्भ गर्नासाथ एमालेका प्रदेशसभा सदस्य सिटबाट उठेर अवरोध गर्दै आएका छन् । नेकपा एमालेले सदनमा सर्वोच्च अदालतको आदेश विपरीत आफ्ना सदस्यलाई सरकारले सत्तापक्ष बनाएको भन्दै मन्त्री पदबाट नहटाएसम्म बैठक अवरुद्ध गरिरहने अडान राखेको छ । मंगलवारको बैठकमा एमाले प्रदेशसभा सदस्य दानसिंह परियारले सर्वोच्च अदालतको आदेश र सभामुखले सदनमा वाचन गरेको पत्रको कार्यान्वयन गर्न सरकार गम्भीर नहुँदा बजेटजस्तो महत्त्वपूर्ण विषयमाथि छलफल हुन नसकेको बताए । नेकपा (माओवादी केन्द्र) र नेपाली कांगे्रस गठबन्धनको सरकारमा हाल एमालेका तीन सदस्य मन्त्री छन् । पार्टी निर्देशन विपरीत आफूलाई विश्वासको मत दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई लगत्तै मन्त्री पदमा नियुक्त गरेका थिए । प्रदेश सरकारमा थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । पार्टी निर्देशन उल्लंघन गरेको आरोपमा एमालेले पदबाट मुक्त गर्न प्रदेशसभालाई सिफारिशका गरेका आधारमा प्रकाश ज्वालासहित उनीहरू तीन जना पदमुक्त भएका थिए । सर्वोच्च अदालतको जेठ २७ गतेको अन्तरिम आदेशबाट उनीहरूको पुनर्बहाली भएपछि एमाले र सरकारबीच सदनमा टकराव बढेको छ । अदालतको आदेशबमोजिम प्रदेशसभाले एमाले संसदीय दलको सदस्यका रूपमा बैठक कक्षमा सिट व्यवस्थापन गरे पनि मन्त्रीहरू भने सत्तापक्षकै कुर्सीमा बस्दै आएका छन् । एमालेले प्रदेश सरकारले एउटै पार्टीलाई सत्तापक्ष र प्रतिपक्षी बनाएको भन्दै आपत्ति व्यक्त गर्दै आएको छ । सभामुख राजबहादुर शाहीले मंगलवारको बैठकमा सभा सञ्चालनमा सहयोग नगरे अवरोधकै बीचबाट अगाडि बढ्न बाध्य हुने चेतावनी दिएका थिए । मंगलवार दुईओटा बैठक बसे पनि एमालेको अवरोध कायमै रह्यो । एमालेको अवरोध कायमै रहेपछि सभामुखले बुधवार दिउँसो २ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् । रासस

संवैधानिक इजलास पुनर्गठनलाई लिएर विवाद, शुरू हुन सकेन विषयकेन्द्रित बहस

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका लागि पुनर्गठन भएको संवैधानिक इजलासको विषयमा विवाद हुँदा आइतवार दिउँसोसम्म पनि विषयकेन्द्रित बहस हुन सकेको छैन ।  गत जेठ १४ गते गठन भएको इजलासको विषयमा रिट निवेदकहरूले प्रश्न उठाएपछि आइतवार इजलास पुनर्गठन भएको थियो ।  यसअघि रिट निवेदकहरूले न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयलाई लिएर असहमति जनाएका थिए ।  संवैधानिक इजलासमा भएको बहसपछि न्यायाधीशद्वयले आफूहरू संवैधानिक इजलासमै रहने निर्णय सुनाएका थिए ।  नेकपा विभाज...