महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी, केन्द्रीय सदस्य र निकायका पदाधिकारीको सूची बन्न ढिला हुँदा नेकपा एमाले महाधिवेशनको अन्तिम दिनको बन्दसत्र ढिला भएको छ ।
बिहान १० बजे शुरू हुने भनिएको बन्दसत्र झण्डै तीन घण्टा ढिलो हुँदासमेत शुरू हुन सकेको छैन ।
बन्दसत्रको हलबाट सहमतिको खाका ल्याउने अधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओली सूची बनाउन व्यस्त छन् । मुख्य पदाधिकारीमा सहमति जुटाउन नसक्दा बन्दसत्र शुरू गर्न ढिला भएको हो ।
वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओली पक्षीय नेताहरूबीच नै सहमति जुट्न नसक्दा बन्द...