प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका लागि पुनर्गठन भएको संवैधानिक इजलासको विषयमा विवाद हुँदा आइतवार दिउँसोसम्म पनि विषयकेन्द्रित बहस हुन सकेको छैन ।
गत जेठ १४ गते गठन भएको इजलासको विषयमा रिट निवेदकहरूले प्रश्न उठाएपछि आइतवार इजलास पुनर्गठन भएको थियो ।
यसअघि रिट निवेदकहरूले न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयलाई लिएर असहमति जनाएका थिए ।
संवैधानिक इजलासमा भएको बहसपछि न्यायाधीशद्वयले आफूहरू संवैधानिक इजलासमै रहने निर्णय सुनाएका थिए ।
नेकपा विभाज...