काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुरू हुनुअघि सहमितको सन्देश दिन दुबै पक्ष असफल भएको छ । सभापतिमा शेरबहुदर देउवालाई नै उठाउने निर्क्यौलमा पुगेको संस्थापन पक्ष पदाधिकारीमा भने सहमति जुटाउन सफल भएको छैन । अन्तिम प्रयासस्वरूप प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरु जुटे पनि सहमति हुन सकेन । इतर समूहमा पनि सभापतिको साझा उम्मेदवारीमा सकस देखिएको छ । […]