शुक्रवार शुरू हुने पार्टीको १४ औं महाधिवेशनका लागि पदाधिकारीसहितको प्यानल बनाउन बसेको कांग्रेस संस्थापन पक्षको बैठकले बुधवार नाम टुंगाउन सकेन ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको बैठकमा पदाधिकारीको नाम टुंगो लगाउन नसकेको हो ।
बैठकपछि गृहमन्त्री बालकृष्ण खाणले अर्को पक्षले सभापतिको उम्मेदवार छान्न नसकिरहेको अवस्थामा आफूहरूले देउवाको नाम अगाडि सारेको बताए । उनले मनोनयन गर्ने दिन अगावै पदाधिकारीको सूची तय गर्ने बताए ।
‘अर्को पक्ष...