वैशाख १६, काठमाडौं । नेप्सेमा बिहीवार समता लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ३ लाख ८२ हजार २३३ दशमलव ६० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।