ग्लोबल आइएमई लघुवित्तको २८ % बोनस शेयर नेप्सेमा सूचीकृत

चैत १८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १२ लाख ८ हजार ७८९ दशमलव १५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले मंसिर २९ गते सम्पन्न नवौं साधारण सभाबाट पारित २८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  नेप्सेमा सूचीकृत उक्त बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

सम्बन्धित सामग्री

ग्लोबल आइएमई  लघुवित्तका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

काठमाडौं । ग्लोबल आइएमई  लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर र धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको हो ।  कम्पनीले गत फागुन १५ गते सम्म शेयरहरु अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको र सो मिती पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमश जम्मा हुने जानकारी गराएको छ । हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले आफ्ना शेयर  अभौतिकीकरण गराएपछि  बोनस शेयर हितग्राही खातामा नै जम्मा हुनेछ । शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।    सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

ग्लोबल आइएमई लघुवित्त र आदर्श लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमवार दुई कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । यी दुवै कम्पनीले यस वर्षको लाभांश तथा आगामी साधारण सभा प्रयोजनका लागि फागुन १६ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो । नेप्सेले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गते कायम अन्तिम शेयर मूल्य रू. १ हजार ३ दशमलव ५० को आधारमा १२ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ८९५ दशमलव ९८ तोकेको छ । त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गतेसम्म कायम अन्तिम शेयर मूल्य रू. १ हजार ६५० को आधारमा २० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. १ हजार ३७५ तोकेको छ । मंगलवार यी दुवै कम्पनीको शेयर कारोबार समायोजन मूल्यको आधारमा खुला हुनेछ । बुक क्लोजको आधारमा दुवै कम्पनीका फागुन १५ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।  ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २४ गते साधारण सभा बोलाएको छ । त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट  शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३० गते साधारण सभा आह्वान गरेको छ ।

ग्लोबल आइएमई बैंकसहित ४ ओटा कम्पनीको बोनस शेयर सूचीकृत

फागुन १०, काठमाडौं । मंगलवार नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रभु बैंक, ग्लोबल आइएमई बैंक, बुटवल पावर कम्पनी र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । प्रभु बैंकको १ करोड ३६ लाख १६ हजार ४६८ दशमलव ७६ कित्ता, ग्लोबल आइएमई बैंकको २ करोड १६ लाख ३२ हजार ५०३ दशमलव शून्य ३ कित्ता, बुटवल पावर कम्पनीको २९ लाख ४९ हजार ६६३ कित्ता र फर्स्ट माइक्रोफाइनान्सको ८ लाख ७६ हजार ८१२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर सम्बन्धित हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

ग्लोबल आइएमई लघुवित्तको साधारण सभा सम्पन्न,२८ % बोनस शेयर पारित

मंसिर २८, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  मंगलवार पोखरामा सम्पन्न सभाले २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।   उक्त कम्पनीको गत मंसिर १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । कम्पनीले हालसम्ममा ५४ जिल्लामा ११८ ओटा शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।  २८ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. ५५ करोड २५ लाख पुगेको छ ।

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  बै‌ंकले भोलि बुक क्लोज हुँदैछ । आगामी साधारणसभा प्रयोजनका लागि बैंकले बुक क्लोज गर्न लागेको हो । बैंकको घोषित लाभांश लिन चाहनुहुन्छ भने तपाईले आजसम्म शेयर किनेको हुनुपर्छ । आज आइतवारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ३.५ प्रतिशत नगद लाभांश पाउने छन् । बैंकले मंसिर २७ गते हुदै गरेको १५ औं वार्षिक साधारण सभा र १३.५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्ल...

ग्लोबल आइएमई लघुवित्तको बुकक्लोज मिति तय

५ मंसिर, काठमाडौं । घोषित लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ । संस्थाले मंसिर २८ गते नवौं वाषिर्क साधारण सभा पोखरामा साधारणसभा बोलाउने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वाषिर्क प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्तावलाई पनि […]

मेरो माइक्रोफाइनान्सको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा

साउन १, काठमाडौं । मेरो माइक्रोफाइनान्सको १६ दशमलव ९४ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।  कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गरिदिएको हो । कम्पनीले असार ३० गते उक्त बोनस बापतको १४ लाख ४८ हजार ६०० कित्ता शेयर सूचीकृत गराएको हो ।  बिहीवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।  कम्पनीले गत पुस २८ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।  बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव समेत कम्पनीले सोही सभाबाट पारित गरेकाले शेयरधनीहरुले बोनस बापतको कर तिर्नुपर्ने छैन । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।