मेगा बैंकको १०% बोनस शेयर नेप्सेमा सूचीकृत

माघ ३, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेगा बैंकको बोनस शेयर सूचीकृत भएको छ ।  कम्पनीको १ करोड ४६ लाख ५४ हजार ९६४ दशमलव ९५७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर लगानीकर्ताले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।  कम्पनीले मंसिर २८ गते सम्पन्न साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  कम्पनीले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश दिएको हो । नगद लाभांश पनि शेयरधनीको बैंक खातामा पठाइसकेको जानकारी गराएको छ । 

सम्बन्धित सामग्री

मेगा बैंक नेपाल लिमिटेड : कम्पनी विश्लेषण (शुक्रवार, २१ जेठ २०७८)

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ । बैंकको शेयर मूल्य प्रतिकित्ता रु. ३४५ पुगेको हो । गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइसकेको छ भने बोनस शेयर पनि नेप्सेमा सूचीकृत भइसकेको छ । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब ९७ करोड नाफा कमाएको छ । बैंकले अघिल्लो आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब ४५ करोड नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफा ३५ प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा रु. १ अर्ब २९ करोड ७७ लाख रहेको छ । एनएफआरएस प्रणालीअनुसार बैंकले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी रु. १८ दशमलव १९ र मूल्य आम्दानी अनुपात रु. १७ दशमलव ६५ रहेको छ । निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको सेतो बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ । आरएसआई न्युट्रलजोन ६८ दशमलव शून्य ८ बिन्दुमा छ । यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ६ दशमलव २७ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयर मूल्य रु. ३४५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३२६ मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ५९ कारोबार दिनयताकै उच्च कायम भएको हो ।