काठमाडौं । आइतवार तीन कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । नयाँ सारथी लघुवित्तको १९ प्रतिशत, साना किसान विकास लघुवित्तको २६ प्रतिशत र उपकार लघुवित्तको ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नयाँ सारथी लघुवित्तको ५ लाख ७६ हजार ४५० दशमलव ९९ कित्ता, साना किसान विकास लघुवित्तको ४० लाख ६७ हजार ४७५ दशमलव ६९१८ कित्ता र उपकार लघुवित्तको ४ लाख ५ हजार २३२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
उपकार लघुवित्तले यस वर्ष गत वर्षको मुनाफाबाट बोनस शेयरसँगै कर प्रयोजनका लागि ३ दशमलव २५ प्रतिशत नगद लाभांशसमेत वितरण गरेको छ । उपकार लघुवित्तले गत फागुन १८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरेको थियो ।
नयाँ सारथी लघुवित्तले भने चैत २८ गते सम्पन्न १४औं वार्षिक साधारण सभामार्फत १९ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साना किसान विकास लघुवित्तले चैत १० गते सम्पन्न २१ औं वार्षिक साधारणसभामार्फत बोनससँगै कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांशको प्रस्तावसमेत पारित गरेको थियो ।
यी तीन कम्पनीहरूले बोनस शेयर प्रयोजनका लागि नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव पारित गरेकाले सम्बन्धित शेयरधनीहरूले बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्नुपर्ने छैन । सोमवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।