रू रू जलविद्युत् परियोजनाको बोनस शेयर नेप्सेमा सूचीकृत

माघ ९, काठमाडौं ।  रू रू जलविद्युत् परियोजना लिमिटेडको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  कम्पनीको ४ लाख ७ हजार ७०५ दशलमव ५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।अव यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिने छ । कम्पनीले असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।