पोखरामा संसद विघटनविरुद्ध मसाल जुलुस प्रदर्शन

पोखरा । पोखरामा नेपाल विद्यार्थी संघले संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । राष्ट्रपति भण्डारीले रातारात संसद विघटन गरी चुनाव घोषणा गरेपछि नेविसंघले त्यसका विरुद्ध शनिबार साँझ राँके जुलुस निकालेको हो । मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । नेविसंघले न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालय अगाडि क्षेत्रमा निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको हो ।जुलुस निस्केको केहि बेरमै वडा प्रहरी कार्यालय वैदामकी डिएसपी चिनीमाया तामाङको नेतृत्वमा

सम्बन्धित सामग्री

प्रचण्ड-माधव समूहद्वारा काठमाडौंमा मसाल जुलुस प्रदर्शन

८ माघ, काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा बिहीबार साँझ मसाल जुलुस निकालेको छ । प्रचण्ड-माधव समूह निकट युवाहरुले बानेश्वर क्षेत्रमा साँझ मसाल जुलुस निकालेका हुन् । संसद विघटन असंवैधानिक कदम भएको भन्दै उनीहरुले विजुली बजार पुल नजिकबाट मसाल जुलुल निकालेका थिए । सो क्रममा प्रहरीले युवाहरुले हातमा बोकेको मसाल खोसेर निभाउने […]

पोखरामा पनि अखिल (छैठौं) ले बाल्यो मसाल

गणेश अधिकारी, पोखरा । अखिल (छैठौं) केन्द्रीय समितिको पूर्व निर्धारित कार्यक्रम अनुसार आज कास्कीमा पनि मसाल जुलुस प्रदर्शन गरिएको छ । देशभर मसाल जुलुस प्रदर्शनको कार्यक्रम अन्तर्गत लेखनाथको ताल्चोकमा मसाल जुलुससहित विरोध सभा सम्पन्न भएको छ । केपी ओलीकोे नेतृत्वको सरकारले अप्रजातान्त्रिक, असंवैधानिक, निरंकुश र प्रतिगामी उदेश्यसहित संसद विघटन गर्ने कदमको भत्र्सना गर्दै विद्यार्थीहरु हातमा मसाल बोकेर सडकमा निस्किएका थिए । कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी तथा राष्ट्रिय जनमोर्चा कास्कीका जिल्ला सचिव आकाश गौतम, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य विक्रम थापा, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य नामबहादुर बाठा मगरले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन अखिल (छैठौं) केन्द्रीय सदस्य प्रताप पौडेलले गर्नु भएको थियो ।

अर्घाखाँचीमा अखिल (छैठौंं) द्वारा मसाल जुलुस प्रदर्शन

सन्धिखर्क । अखिल (छैठौं) ले संसद विघटनको विरोधमा भूमिकास्थानको ढाकावाङमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार साँझ ढाकावाङ पिपलनेटा बजारमा उनीहरूले मसाल जुलुश प्रदर्शन गरेका हुन् । मसाल जुलुसमा सहभागीहरूले असंवैधानिक कदम खारेज गर, विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर, सङ्घीयता खारेज गर, अखिल (छैठौं) जिन्दवाद, राष्ट्रिय जनमोर्चा जिन्दवाद, भारतीय तथा अमेरिकी साम्राज्यवाद मुर्दावादलगायतका नारा लगाएका थिए । मसाल जुलुसपछिको विरोधसभालाई सम्वोधन गर्दै अखिल (छैठौं) का नेता टेकराज भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक पद्धति विपरीत असंवैधानिक तरिकाले संसद विघटन गरेर गणतन्त्र विरोधी शक्तिलाई फाइदा पुर्याउने काम गरेको बताउनुभयो । नेता भुसालले वैदेशिक चलखेलले राष्ट्रियतासमेत खतरामा परेकाले सबै राष्ट्रवादी शक्ति आन्दोलित हुनुपर्ने बताउदै असंवैधानिक तरिकाले संसद विघटन गर्नु नेपाली जनताका लागि दुखदायी भएको भन्दै असंवैधानिक कदमलाई पराजित गर्न सबै देशभक्त नेपाली एक हुनुपर्ने बताउनु भयो ।

बुटवलमा संसद विघटनविरुद्ध मसाल जुलुस

२३ पुस ,बुटवल । प्रतिनिनिधसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले बुटवलमा मसाल जुलुस निकालेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम भन्दै उनीहरुले बुटवलमा बिहीबार साँझ मसाल जुलुस प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरुले बुटवलको ट्राफिक चोकमा प्रधानमन्त्रीको पुत्ला समेत जलाएका छन् […]