१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले ६ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् ।
५ दलीय गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले आफ्नो दल नेकपा एकीकृत समाजवादीबाट मंगलवार मन्त्री बनाएनन् ।
पहिलोपटक जनप्रतिनिधि भएका राईले विस्तार गरेको मन्त्रिमण्डलमा एक पुराना अनुहार परेका छन् भने अरु सबै नयाँ अनुहार छन् ।
आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोबाहेक सबै नयाँ अनुहार हुन् । नेकपाको सरकार हुँदा पनि आङ्बोले योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
आङ्बोले झण्डै ३ वर्ष आर्थिक मामिला तथा योजनामन्त्रीको रूपमा भ...