बलिउडमा यस्ता धेरै स्टार छन्, जो नायक होस् वा खलनायक हरेक पात्रमा फिट हुन्छन् । त्यसैले पनि बलिउडका केही अभिनेत्रीले वास्तविक जीवनमा जीवनसाथी अभिनेता नभई रियल लाइफको खलनायक रोजेका छन् । खलनायक जीवनसाथी रोज्ने यी हुन् बलिउड अभिनेत्री ।रेणुका शहाणे:रेणुका शहाणे सन् १९९४ मा फिल्म ‘हम आपके है कौन’ मा देखा परेकी थिइन् । यो फिल्म आफ्नो समयको सबैभन्दा ब्लकबस्टर फिल्ममध्ये एक हो । यो फिल्मपछि रेणुका शहाणेले नयाँ पहिचान पाइन् । रेणुका शाहणेले सन् २००१ मा बलिउड अभिनेता आशुतोष राणासँग विवाह गरे