एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुर आमा बनेकी छिन् । उनले छोरालाई जन्म दिएकी छिन् । सोनम कपुरका पिता तथा बलिउड अभिनेता अनिल कपुरले इन्स्टाग्राममा एउटा नोट शेयर गर्दै यो यो खुसीको खबर सार्वजनिक गरेका छन् ।उनले नोटमा लेखेका छन् ,‘हामी यो घोषणा गर्न पाउँदा धेरै खुसी छौँ कि हाम्रो परिवारमा २० अगस्ट २०२२ मा नयाँ सदस्य आएको छ । सोनम र आनन्द एक स्वस्थ छोराको आमाबुवा बनेका छन्, जसबाट हामी धेरै खुसी छौँ । नयाँ आमाबाबु र तिनको पाहुनालाई धेरै माया ।’आनन्द आहुजाले पनि एक टिप्पणी साझा गरेका