'गुराँसको राजधानी' क्षेत्रमा बल्ल गुराँस फुलेको छ । वैशाखको सुरुआतदेखि पर्यटकको चहलपहल हुने तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा यस वर्ष ढिलो मात्र गुराँस फुल्यो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल टिएमजे क्षेत्रमा नयाँ वर्ष लागेयता गुराँस हेर्न विगतको जस्तो पर्यटक नआएको स्थानीयले बताए । नेपालमा पाइने ३३ मध्ये २८ प्रजातीको गुराँस यहाँ पाइन्छ ।