कञ्चनपुर पहिलोपटक देखियो पशुमा लम्पी स्किन रोग

कञ्चनपुर : कञ्चनपुरमा पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक देखा परेको छ। शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसानले पालेका गाई गोरुमा लम्पी स्किन रोग देखा परेको हो।पशुको शरीरभरि ठूलठूला गिर्खासँगै घाउ देखिन थालेपछि किसानले नगरपालिकाको पशु शाखामा खबर गरेका हुन्। पशु शाखाका प्रमुख रामप्रसाद भट्टका अनुसार कञ्चनपुर जिल्लामै पहिलो पटक लम्पी रोग देखा परेको हो।रोग देखिएको गाउँमा भट्टको नेतृत्वमा टोली परिचालन भएको छ। सरुवा रोग भएकाले अरु पशुमा संक्रमण फैलिन नदिनका लागि किसानलाई रोगबारे जानकारी

सम्बन्धित सामग्री

लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

काठमाण्डाै - पशु चौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणउन्मुख रहेको सरकारले जनाएको छ । पशुसेवा विभागकाअनुसार ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएकोमा अहिले मनाङ र मुस्ताङ जिल्लामा यो रोग पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । विभागका अनुसार यो रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएका थिए । अहिले यी क्षेत्रमा पनि सङ्क्रमण घट्दो क्रममा रहेको छ । यो रोग लागेका १५  लाख १९ हजार ७ सय ७९ पशु चौपायामध्ये झण्डै १४ लाख निको भइसकेका विभागका वरिष्ठ...

लम्पी स्किन रोग नियन्त्रणमा आएको छ : मन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले गाईभैँसीमा महामारीका रुपमा देखिएको लम्पी स्किन रोग नियन्त्रणमा आएको बताउनुभएको छ । सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले गाईवस्तुमा ठूलो सङ्क्रमणका रुपमा देखिएको लम्पी रोग पछिल्ला दिनमा घट्ने क्रममा रहेको जानकारी दिनुभयो । सरकारले लम्पी स्किन रोगको उपचार र रोकथामका लागि सम्भव भएसम्मका …

लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउनुहुन्छ? चिकित्सकको सुझाव यस्तो छ

पशु सेवा विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन संक्रमण देखिएको छ। जसमध्ये ७ लाख ६८ हजार ६ सय ४१ पशु निको भइसकेका छन्। तर आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउँदा कुनै रोग सर्छ की सर्दैन? भन्ने प्रश्न छ।

लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा सांसदले देशभर पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद विश्वप्रकाश शर्माले लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल पाँचवटा काम गर्न सरकारलाई सुझाव दिनुभयो । पशु स्वास्थ्य आपत्काल महसुस गरेर सम्बन्धित सबै निकायलाई यसको नियन्त्रणमा लाग्न निर्देशन दिन, रोग नियन्त्रणका लागि आवश्यक बजेट …

म्याग्दीका गाईगोरुमा ‘लम्पी स्किन’ रोग देखियो

काठमाडौँ- म्याग्दीमा पालिएका गाईगोरुमा ‘लम्पी स्किन’ रोग देखिएको छ । देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएर पशुधनको क्षति गरेको ‘लम्पी स्किन’ म्याग्दीमा पनि भित्रिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले रघुगङ्गा गाउँपालिकाको पाखापानी, झिँ, अन्नपूर्णको हिस्तान दोसल्ले, मङ्गलाको खुम्ल्याह र धवलागिरि गाउँपालिकाको मुनामा लम्पी स्किन देखिएको बताए । […]

चितवनका गाईभैँसीमा पनि लम्पी स्किन रोग

चितवन : चितवनमा गाईभैँसीमा लम्पी स्किन रोग देखापरेको छ।  भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यले केही दिनदेखि जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको जानकारी दिए।  जिल्लामा दुई सयभन्दा बढी गाईभैँसीमा यो रोग देखिएको उनले बताए।इच्छाकामना गाउँपालिका, कालिका, खैरहनी र राप्ती नगरपालिकामा यो रोगको संक्रमण बढ्दो क्रममा छ। गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो ग

पशु चौपायामा फैलियो ‘लम्पी स्किन’ रोग

केही समययता गाईवस्तुमा ‘लम्पी स्किन’ रोग फैलिएर दुहुना गाई भकाभक मरेपछि किसान अताल्लिएका हुन्।...

कञ्चनपुरमा पहिलोपटक पशुमा लम्पी स्किन रोग देखापर्यो

पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक यहाँ देखापरेको छ । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखापरेको हो । पशुको शरीरभरि ठूल्ठूला गिर्खासँगै घाउ देखिन थालेकाले स्थानीय किसानले नगरपालिकाको पशु शाखामा खबर गरेपछि  जाँच गर्दा जिल्लामै पहिलोपटक सो रोग फैलिएको देखिएको शाखा प्रमुख रामप्रसाद भट्टले बताए । “यस्तोे सङ्क्रमण अन्य पशुमा फैलिन नदिनका लागि सावधानी अपनाउन किसानलाई सचेत गराएका छौँ । रोग देखापरेका गाई र गोरुलाई अलग्गै राखी सरसफाइ गर्न र

कञ्चनपुरमा पहिलोपटक गाईमा देखियो लम्पी स्किन रोग

पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखापरेको हो । पशुको शरीरभरि ठूल्ठूला गिर्खासँगै घाउ देखिन थालेकाले स्थानीय किसानले नगरपालिकाको पशु शाखामा खबर गरेपछि जाँच गर्दा जिल्लामै पहिलोपटक सो रोग फैलिएको देखिएको शाखा प्रमुख रामप्रसाद भट्टले बताए । ‘यस्तोे संक्रमण अन्य पशुमा फैलिन नदिनका लागि सावधानी अपनाउन किसानलाई सचेत गराएका छौं । रोग देखापरेका गाई र गोरुलाई अलग्गै राखी सरसफाइ गर्न र आवश्यक औषधि ...

आफैँ हट्दै गयो ‘लम्पी स्किन’ रोग

काठमाण्डाै - केही महीनाअघि पशुमा देखा परेको ‘लम्पी स्किन’ रोग पछिल्लो समय आफैँ नियन्त्रणमा आउन थालेको छ । गएको असारदेखि देखापरेको यो रोग पछिल्ला दिनमा कतै पनि देखा परेको छैन ।  रोग देखा परेपछि सरकारी संयन्त्र प्रयोग गरेर किसानलाई जनचेतना जगाइएको थियो । रोग आफैँ नियन्त्रणमा आएको पशुविज्ञ र प्राविधिकको भनाइ छ । रोग लागेपछि गाईवस्तुका शरीरका विभिन्न भागमा सानाठूला गिर्खा देखिने, मुखबाट फिँज निकाल्ने, उच्च ज्वरो, कचेरा र सिँगान बग्नेजस्ता लक्षण देखा पर्छ । रोगले चापेपछि पशुको मृत्युसमेत हुन्छ ।&nb...