चितवन : चितवनमा गाईभैँसीमा लम्पी स्किन रोग देखापरेको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यले केही दिनदेखि जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको जानकारी दिए। जिल्लामा दुई सयभन्दा बढी गाईभैँसीमा यो रोग देखिएको उनले बताए।इच्छाकामना गाउँपालिका, कालिका, खैरहनी र राप्ती नगरपालिकामा यो रोगको संक्रमण बढ्दो क्रममा छ। गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो ग