काठमाण्डाै - केही महीनाअघि पशुमा देखा परेको ‘लम्पी स्किन’ रोग पछिल्लो समय आफैँ नियन्त्रणमा आउन थालेको छ । गएको असारदेखि देखापरेको यो रोग पछिल्ला दिनमा कतै पनि देखा परेको छैन ।
रोग देखा परेपछि सरकारी संयन्त्र प्रयोग गरेर किसानलाई जनचेतना जगाइएको थियो । रोग आफैँ नियन्त्रणमा आएको पशुविज्ञ र प्राविधिकको भनाइ छ । रोग लागेपछि गाईवस्तुका शरीरका विभिन्न भागमा सानाठूला गिर्खा देखिने, मुखबाट फिँज निकाल्ने, उच्च ज्वरो, कचेरा र सिँगान बग्नेजस्ता लक्षण देखा पर्छ । रोगले चापेपछि पशुको मृत्युसमेत हुन्छ ।&nb...