काठमाण्डाै - पशु चौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणउन्मुख रहेको सरकारले जनाएको छ । पशुसेवा विभागकाअनुसार ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएकोमा अहिले मनाङ र मुस्ताङ जिल्लामा यो रोग पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ ।
विभागका अनुसार यो रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएका थिए । अहिले यी क्षेत्रमा पनि सङ्क्रमण घट्दो क्रममा रहेको छ । यो रोग लागेका १५ लाख १९ हजार ७ सय ७९ पशु चौपायामध्ये झण्डै १४ लाख निको भइसकेका विभागका वरिष्ठ...