पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक कञ्चनपुरमा देखापरेको छ ।
शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखापरेको हो ।
पशुको शरीरभरि ठूल्ठूला गिर्खासँगै घाउ देखिन थालेकाले स्थानीय किसानले नगरपालिकाको पशु शाखामा खबर गरेपछि जाँच गर्दा जिल्लामै पहिलोपटक सो रोग फैलिएको देखिएको शाखा प्रमुख रामप्रसाद भट्टले बताए ।
‘यस्तोे संक्रमण अन्य पशुमा फैलिन नदिनका लागि सावधानी अपनाउन किसानलाई सचेत गराएका छौं । रोग देखापरेका गाई र गोरुलाई अलग्गै राखी सरसफाइ गर्न र आवश्यक औषधि ...