निर्वाचन आयोगले सामाजिक सञ्जालमा निर्वाचन आचार संहिता कार्यान्वन गराउन र मिथ्या सूचना रोक्नका लागि सामाजिक सञ्जालका कार्यालयसँग सम्पर्क राखेर समन्वय गर्ने बताएको छ । आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शालिग्राम शर्मा पौडेलले फेसबुक, ट्वीटर, भाइबर, गुगलका कार्यालयसँग सम्पर्क गर्ने प्रयास गरिएको जानकारी दिए । भारतको नयाँ दिल्ली, अमेरिकाको वासिङ्टन डिसी, चीनको बेइजिङलाई अनुरोध गर्ने र त्यहाँ रहेका दूतावासले समन्वय गर्न परराष्ट्र मन्त्रालय मार्फत निर्देशन दिइएको प्र