अझै जडान भएनन् डायलासिस मेसिन

तुलसीपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउनमा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ८ ओटा डायलासिस मेसिन पठाएको थियो । तर ती मेसिन अहिले एउटा कोठामा थन्क्याएर राखिएको छ । मेसिन आएको ७ महीना पुग्न लाग्दा पनि आर्थिक र जनशक्ति अभावका कारण जडान हुन नसकेको हो । मेसिन जडानका लागि पाइपलगायतका आवश्यक सामग्री खरीद गर्न २५–३० लाख रुपैयाँ खर्च लाग्ने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताए । त्यस्तै अहिले ४ नर्सिङ कर्मचारीमात्रै कार्यरत रहेको र मेसिन जडानपछि कम्तीमा १० नर्सिङ कर्मचारी आवश्यक पर्ने उनको भनाइ छ । मेसिन जडानका लागि ठाउँको पनि अभाव रहेको छ । उनले भने, ‘मेसिन जडानका लागि हामीले पाइपलगायतका सामग्री खरिद गर्नुपर्छ, ठाउँको पनि अभाव छ, पेडियाट्रिक भवन निर्माण भए पनि हामीलाई हस्तान्तरण भएको छैन, जनशक्ति पनि अभाव छ, त्यसैले पनि मेसिन जडान गर्न सकिएको छैन ।’ पूर्वस्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले प्रादेशिक अस्पताललाई ८ ओटा डायलासिस मेसिन उपलब्ध गराएका थिए । तीमध्ये ३ मेसिन बाँकेस्थित भेरी अस्पतालमा लगिएको छ । ती मेसिन फिर्ता गर्ने शर्तमा लगिएको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अर्यालले बताए । अहिले अस्पतालमा प्रयोगमा रहेका ५ ओटा डायलासिस मेसिनमध्ये ४ ओटा मेसिनले मात्रै काम गर्छन । एउटा मेसिन बिग्रिएको लामो समय भए पनि मर्मत हुन सकेको छैन । अहिले पनि ८४ बिरामीले डायलासिसका लागि पालो कुरिरहेका छन् । उनीहरूले कसैले काठमाडौं, लमही, घोराही, बुटवललगायतका स्थानमा डायलासिस गरिरहेका छन् । प्रादेशिक अस्पतालमा अहिले २३ जनाले मात्रै डायलासिस गरिरहेका छन् । आएका मेसिन जडान भएपछि ६० जनासम्मलाई सेवा दिन सकिने अस्पतालका डायलासिस प्रमुख लीना बडेलको भनाइ छ । ‘अहिले हामीसँग भएका ४ ओटा मात्रै मेसिन चलिरहेका छन्, त्यसबाट २३ जनालाई मात्रै सेवा दिन सकिएको छ,’ उनले भनिन्, ‘थप आएका ८ ओटा मेसिन जडान भएपछि ६० जनालाई सेवा दिन सकिन्छ ।’ रासस

सम्बन्धित सामग्री

डायलासिस मेसिन थन्किएपछि बिरामीलाई सास्ती

जिल्लाको पशुपति चौलागाईं स्मृति अस्पतालमा डायलासिस मेसिन सञ्चालन नभएपछि मिर्गौलाका बिरामीहरु काठमाडौं धाउन बाध्य भएका छन् । वाग्मती प्रदेश सरकारले नि:शुल्क संचालनका लागि पठाएको डायलासिस मेसिन जनशक्ति र पूर्वाधार अभावमा एक वर्षअघिदेखि अस्पतालको भर्‍याङमुनि थन्किएपछि बिरामीले सास्ती बेहोर्नु परेको हो ।

डायलासिस मेसिन चलाउन पहल

मिर्गौलाको परीक्षणका लागि आवश्यक सो मेसिन धरानको रोटरी क्लबमार्फत एक वर्षअघि नै तीन वटा उपलब्ध भएका थियो। तर, दक्ष जनशक्ति र आर्थिक अभावमा सो मेसिन सञ्चालनमा आउन सकेको छैन।

भरतपुर अस्पतालमा तीन डायलासिस मेसिन थपियो

भरतपुर अस्पतालले मिर्गौलाको डायलासिस मेसिन कम भएपछि थप गरेको छ । अस्पतालले तीन वटा मेसिन थप गरी सेवा विस्तार गरेको हो । अस्पतालमा यसअघि नौ मेसिनबाट सेवा दिँदै आएकामा तीन थप गरी १२ वटा मेसिनबाट सेवा नियमित दिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए । उनका अनुसार समितिले निर्णय गरेर थप तीनवटा मेसिन खरिद गरी जडान गरिसकिएको छ । पुस १ गतेदेखि नै नयाँ जडान गरिएका मेसिनबाट पनि सेवा सुरु भइसकेको उनले जानकारी दिए ।अस्पतालमा डायलासिस उपचारका लागि आउने विपन्न बिरामीको रजिष्ट्रेशन र परीक्ष

मारमा मिर्गौला रोगी, डायलासिस मेसिन र डाक्टर अभावले ‌‌ओच्छ्यानमै ढल्दै पीडित

तथ्याङ्कअनुसार नेपालमा वर्षेनी ३ हजार मिर्गौला रोगी थपिने गरेका छन् । तर, जनशक्ति र डायलासिस मेसिन मात्र होइन, चिकित्सको अभावमा उनीहरू जिउँदै मरेतुल्य बन्न बाध्य छन् ।

डायलासिस मेसिन तत्काल थप गर्न शिक्षा तथा स्वास्थ्य समितिको सरकारलाई निर्देशन

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले डायलासिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ। बुधवार सिंहदरवारमा बसेको समितिको बैठकले डायलासिस मेसिन थप गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा समितिकी सभापति जयपुरी घर्तीले समितिले नेपालका नागरिकहरुमा इच्छाशक्तिको कमी भएकोले…

सरकारले १ सय ५० वटा डायलासिस मेसिन थप्दै

काठमाडौं, असोज ६ । सरकारले देशभर १ सय ५० वटा हेमोडायलासिस गराउने मेसिन थप गर्ने भएको छ । प्रतिनिधिसभाअन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिमा बुधबार भएको छलफलमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर गुणराज लोहनीले दुई सय शैयासम्मका अस्पतालका लागि १७ करोड र ५० शैयाका अस्पतालका लागि २५ करोड रकम मेसिन खरिद गर्नका लागि […]

अस्पताललाई डायलासिस मेसिन

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पताललाई तीन वटा डायलासिस मेसिन उपलब्ध गराइएको छ । हेटौँडा उपमहानगरपालिका र रोटरी क्लब अफ मकवानपुरको सहकार्यमा अस्पताललाई तीन वटा डायलासिस मेसिन उपलब्ध गराइएको हो ।   तीन वटा मेसिन खरीद गर्न उपमहानगरपालिकाले रु १६ लाख ५० हजार सहयोग गरेको र बाँकी रकम रोटरीले उपलब्ध गराएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । हेटौँडा अस्पतालमा पछिल्लो पटक सेवा विस्तारसँगै मिर्गाैलाको समस्यासम्बन्धी बिरामीलाई डायलासिस गराउन अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ ।

डायलासिस मेसिन बिग्रिँदा बिरामी मर्कामा

दमौली अस्पतालस्थित मिर्गौला उपचार केन्द्रमा रहेका ११ मध्ये पाँच डायलासिस मेसिन बिग्रिएका छन्। छ वटा मेसिन मात्र सञ्चालन भएपछि मिर्गौलाका बिरामीले सहज रूपमा सेवा पाउन सकेका छैनन्। मर्मतपछि सञ्चालनमा ल्याइएका पाँचमध्ये २४ घण्टा नबित्दै अस्पतालका दुईवटा डायलासिस मेसिन पुनः बिग्रिएपछि बिरामी मर्कामा परेका हुन्। दमौली अस्पतालमा पर्याप्त मात्रामा डायलासिस मेसिन नहुनु र भएका मेसिनमध्ये पाँचवटा बिग्रिएपछि डायलासिस गराउन पालो कुर्नुपर्ने बाध्यता भएको छ।