भरतपुर अस्पतालमा तीन डायलासिस मेसिन थपियो

भरतपुर अस्पतालले मिर्गौलाको डायलासिस मेसिन कम भएपछि थप गरेको छ । अस्पतालले तीन वटा मेसिन थप गरी सेवा विस्तार गरेको हो । अस्पतालमा यसअघि नौ मेसिनबाट सेवा दिँदै आएकामा तीन थप गरी १२ वटा मेसिनबाट सेवा नियमित दिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए । उनका अनुसार समितिले निर्णय गरेर थप तीनवटा मेसिन खरिद गरी जडान गरिसकिएको छ । पुस १ गतेदेखि नै नयाँ जडान गरिएका मेसिनबाट पनि सेवा सुरु भइसकेको उनले जानकारी दिए ।अस्पतालमा डायलासिस उपचारका लागि आउने विपन्न बिरामीको रजिष्ट्रेशन र परीक्ष

सम्बन्धित सामग्री

बेनी अस्पतालमा डायलासिस मेसिन थपियो

बेनी अस्पतालमा डायलासिस सेवा थप प्रभावकारी बनाउन दुईवटा डायलाइसिस मेसिन थपिएको छ।

बेनी अस्पतालमा डायलासिस मेसिन थपियो

बेनी अस्पतालमा डायलासिस सेवा थप प्रभावकारी बनाउन दुईवटा डायलाइसिस मेसिन थपिएको छ।

अझै जडान भएनन् डायलासिस मेसिन

तुलसीपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउनमा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ८ ओटा डायलासिस मेसिन पठाएको थियो । तर ती मेसिन अहिले एउटा कोठामा थन्क्याएर राखिएको छ । मेसिन आएको ७ महीना पुग्न लाग्दा पनि आर्थिक र जनशक्ति अभावका कारण जडान हुन नसकेको हो । मेसिन जडानका लागि पाइपलगायतका आवश्यक सामग्री खरीद गर्न २५–३० लाख रुपैयाँ खर्च लाग्ने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताए । त्यस्तै अहिले ४ नर्सिङ कर्मचारीमात्रै कार्यरत रहेको र मेसिन जडानपछि कम्तीमा १० नर्सिङ कर्मचारी आवश्यक पर्ने उनको भनाइ छ । मेसिन जडानका लागि ठाउँको पनि अभाव रहेको छ । उनले भने, ‘मेसिन जडानका लागि हामीले पाइपलगायतका सामग्री खरिद गर्नुपर्छ, ठाउँको पनि अभाव छ, पेडियाट्रिक भवन निर्माण भए पनि हामीलाई हस्तान्तरण भएको छैन, जनशक्ति पनि अभाव छ, त्यसैले पनि मेसिन जडान गर्न सकिएको छैन ।’ पूर्वस्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले प्रादेशिक अस्पताललाई ८ ओटा डायलासिस मेसिन उपलब्ध गराएका थिए । तीमध्ये ३ मेसिन बाँकेस्थित भेरी अस्पतालमा लगिएको छ । ती मेसिन फिर्ता गर्ने शर्तमा लगिएको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अर्यालले बताए । अहिले अस्पतालमा प्रयोगमा रहेका ५ ओटा डायलासिस मेसिनमध्ये ४ ओटा मेसिनले मात्रै काम गर्छन । एउटा मेसिन बिग्रिएको लामो समय भए पनि मर्मत हुन सकेको छैन । अहिले पनि ८४ बिरामीले डायलासिसका लागि पालो कुरिरहेका छन् । उनीहरूले कसैले काठमाडौं, लमही, घोराही, बुटवललगायतका स्थानमा डायलासिस गरिरहेका छन् । प्रादेशिक अस्पतालमा अहिले २३ जनाले मात्रै डायलासिस गरिरहेका छन् । आएका मेसिन जडान भएपछि ६० जनासम्मलाई सेवा दिन सकिने अस्पतालका डायलासिस प्रमुख लीना बडेलको भनाइ छ । ‘अहिले हामीसँग भएका ४ ओटा मात्रै मेसिन चलिरहेका छन्, त्यसबाट २३ जनालाई मात्रै सेवा दिन सकिएको छ,’ उनले भनिन्, ‘थप आएका ८ ओटा मेसिन जडान भएपछि ६० जनालाई सेवा दिन सकिन्छ ।’ रासस

डायलासिस गर्न पालो पाएनन् मिर्गौला पीडितले

धेरै मिर्गौला पीडितले आफ्नो पायक पर्ने ठाउँबाट सेवा लिन पाएका छैनन्। राप्ती प्रादेशिक अस्पतालमा पाँच वटामात्र डायलासिस मेसिन चालु अवस्थामा छन्। त्यसले २३ जनालाई मात्रै सेवा दिन सक्छ।

मारमा मिर्गौला रोगी, डायलासिस मेसिन र डाक्टर अभावले ‌‌ओच्छ्यानमै ढल्दै पीडित

तथ्याङ्कअनुसार नेपालमा वर्षेनी ३ हजार मिर्गौला रोगी थपिने गरेका छन् । तर, जनशक्ति र डायलासिस मेसिन मात्र होइन, चिकित्सको अभावमा उनीहरू जिउँदै मरेतुल्य बन्न बाध्य छन् ।

डायलासिस मेसिन तत्काल थप गर्न शिक्षा तथा स्वास्थ्य समितिको सरकारलाई निर्देशन

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले डायलासिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ। बुधवार सिंहदरवारमा बसेको समितिको बैठकले डायलासिस मेसिन थप गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा समितिकी सभापति जयपुरी घर्तीले समितिले नेपालका नागरिकहरुमा इच्छाशक्तिको कमी भएकोले…

सरकारले १ सय ५० वटा डायलासिस मेसिन थप्दै

काठमाडौं, असोज ६ । सरकारले देशभर १ सय ५० वटा हेमोडायलासिस गराउने मेसिन थप गर्ने भएको छ । प्रतिनिधिसभाअन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिमा बुधबार भएको छलफलमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर गुणराज लोहनीले दुई सय शैयासम्मका अस्पतालका लागि १७ करोड र ५० शैयाका अस्पतालका लागि २५ करोड रकम मेसिन खरिद गर्नका लागि […]

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

–खेमराज गौतमधौलागिरि अस्पतालले प्रदान गर्दै आएको डायलासिस सेवा विस्तार गरिएको छ । यसका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई थान डायलासिस मेसिन (डाइलोजर)अस्पताललाई पठाएको थियो ।  चार श्यामा सञ्चालमा आएको सो सेवा अब छ श्ययामा प्रदान गरिने छ । अस्पतालमा डायलासिस गर्ने बिरामीको चाप उच्च भएपछि सेवा थप गरिएको धौलागिरि अस्पतालले जनाएको छ । डायलासिस सञ्चालनका लागि जनशक्तिको अभाव भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए । “गण्डकी

वाग्मती प्रदेशले चरिकोट अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्ने

हेटौँडा : मिर्गौलाका रोगीहरुलाई डायलासिस सेवा सहज बनाउन वाग्मती प्रदेश सरकारले चरिकोट अस्पतालमा पनि डायलासिस सेवा सञ्चालन गर्ने भएको छ। प्रदेश मातहतका सबै अस्पतालहरुमा डायलासिस सेवा सञ्चालनमा ल्याउने प्रदेश सरकारको नीति अनुरुप चरिकोट अस्पतालमा डायलासिस मेसिन जडान गरिने भएको हो। डायलासिसको मेसिन तथा औजार खरिद गरिसकेकोले एक हप्ताभित्र जडान गरिसक्ने…