अस्पताललाई डायलासिस मेसिन

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पताललाई तीन वटा डायलासिस मेसिन उपलब्ध गराइएको छ । हेटौँडा उपमहानगरपालिका र रोटरी क्लब अफ मकवानपुरको सहकार्यमा अस्पताललाई तीन वटा डायलासिस मेसिन उपलब्ध गराइएको हो ।   तीन वटा मेसिन खरीद गर्न उपमहानगरपालिकाले रु १६ लाख ५० हजार सहयोग गरेको र बाँकी रकम रोटरीले उपलब्ध गराएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । हेटौँडा अस्पतालमा पछिल्लो पटक सेवा विस्तारसँगै मिर्गाैलाको समस्यासम्बन्धी बिरामीलाई डायलासिस गराउन अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ ।

सम्बन्धित सामग्री

कर्णाली प्रतिष्ठानमा डायलासिस सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डायलासिस सेवा सुरु गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ वटा डायलासिस मेसिन उपलब्ध गराएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले डायलासिस सेवा शुभारम्भ गर्दै प्राथमिकताका आधारमा अस्पताललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अझै जडान भएनन् डायलासिस मेसिन

तुलसीपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउनमा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ८ ओटा डायलासिस मेसिन पठाएको थियो । तर ती मेसिन अहिले एउटा कोठामा थन्क्याएर राखिएको छ । मेसिन आएको ७ महीना पुग्न लाग्दा पनि आर्थिक र जनशक्ति अभावका कारण जडान हुन नसकेको हो । मेसिन जडानका लागि पाइपलगायतका आवश्यक सामग्री खरीद गर्न २५–३० लाख रुपैयाँ खर्च लाग्ने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताए । त्यस्तै अहिले ४ नर्सिङ कर्मचारीमात्रै कार्यरत रहेको र मेसिन जडानपछि कम्तीमा १० नर्सिङ कर्मचारी आवश्यक पर्ने उनको भनाइ छ । मेसिन जडानका लागि ठाउँको पनि अभाव रहेको छ । उनले भने, ‘मेसिन जडानका लागि हामीले पाइपलगायतका सामग्री खरिद गर्नुपर्छ, ठाउँको पनि अभाव छ, पेडियाट्रिक भवन निर्माण भए पनि हामीलाई हस्तान्तरण भएको छैन, जनशक्ति पनि अभाव छ, त्यसैले पनि मेसिन जडान गर्न सकिएको छैन ।’ पूर्वस्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले प्रादेशिक अस्पताललाई ८ ओटा डायलासिस मेसिन उपलब्ध गराएका थिए । तीमध्ये ३ मेसिन बाँकेस्थित भेरी अस्पतालमा लगिएको छ । ती मेसिन फिर्ता गर्ने शर्तमा लगिएको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. अर्यालले बताए । अहिले अस्पतालमा प्रयोगमा रहेका ५ ओटा डायलासिस मेसिनमध्ये ४ ओटा मेसिनले मात्रै काम गर्छन । एउटा मेसिन बिग्रिएको लामो समय भए पनि मर्मत हुन सकेको छैन । अहिले पनि ८४ बिरामीले डायलासिसका लागि पालो कुरिरहेका छन् । उनीहरूले कसैले काठमाडौं, लमही, घोराही, बुटवललगायतका स्थानमा डायलासिस गरिरहेका छन् । प्रादेशिक अस्पतालमा अहिले २३ जनाले मात्रै डायलासिस गरिरहेका छन् । आएका मेसिन जडान भएपछि ६० जनासम्मलाई सेवा दिन सकिने अस्पतालका डायलासिस प्रमुख लीना बडेलको भनाइ छ । ‘अहिले हामीसँग भएका ४ ओटा मात्रै मेसिन चलिरहेका छन्, त्यसबाट २३ जनालाई मात्रै सेवा दिन सकिएको छ,’ उनले भनिन्, ‘थप आएका ८ ओटा मेसिन जडान भएपछि ६० जनालाई सेवा दिन सकिन्छ ।’ रासस

नेपाल कोरियामैत्री नगर अस्पतालमा डायलासिस सेवा सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगर अस्पतालमा मिर्गौला रोगीको उपचारमा सहज पुर्‍याउने उद्देश्यले डायलासिस सेवा सुरु भएको छ । अस्पताललाई रोटरी क्लब अफ साङ्ग्ली मिडटाउनको प्राविधिक सहयोग, रोटरी क्लब अफ जवलपुर वेष्टको आर्थिक सहयोग र रोटरी क्लब अफ मध्यपुरमार्फत् मध्यपुरथिमि नगरपालिकासँगको सहकार्यमा चार थान डायलासिस मेसिन हस्तान्तरण गरिएसँगै यो सेवा सञ्चालनमा आएको हो ।  […]

नेपाल कोरियामैत्री नगर अस्पतालमा डायलासिस सेवा सुरु

काठमाडौँ,८ पुष । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगर अस्पतालमा मिर्गौला रोगीको उपचारमा सहज पु¥याउने उद्देश्यले डायलासिस सेवा सुरु भएको छ । अस्पताललाई रोटरी क्लब अफ साङ्ग्ली मिडटाउनको प्राविधिक सहयोग, रोटरी क्लब अफ जवलपुर वेष्टको आर्थिक सहयोग र रोटरी क्लब अफ मध्यपुरमार्फत् मध्यपुरथिमि नगरपालिकासँगको सहकार्यमा चार थान डायलासिस मेसिन हस्तान्तरण गरिएसँगै यो सेवा सञ्चालनमा आएको […]

सरकारले बाँड्यो २२ अस्पताललाई १३३ हेमोडायलासिस मेसिन

काठमाडौं । सरकारले देशका विभिन्न स्थानमा रहेका २२ अस्पताललाई १३३ वटा हेमोडायलासिस मेसिन वितरण गरेको छ । स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले अस्पतालहरूको आवश्यकताका आधारमा डायलासिस मेसिन वितरण गरेको हो । गएको आर्थिक वर्षमा अस्पतालहरूबाट माग भएअनुसार हेमोडायलासिस मेसिन खरिद गरेर वितरण गरिएको महाशाखाले जनाएको छ । सरकारले मिर्गौलाको...

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

–खेमराज गौतमधौलागिरि अस्पतालले प्रदान गर्दै आएको डायलासिस सेवा विस्तार गरिएको छ । यसका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई थान डायलासिस मेसिन (डाइलोजर)अस्पताललाई पठाएको थियो ।  चार श्यामा सञ्चालमा आएको सो सेवा अब छ श्ययामा प्रदान गरिने छ । अस्पतालमा डायलासिस गर्ने बिरामीको चाप उच्च भएपछि सेवा थप गरिएको धौलागिरि अस्पतालले जनाएको छ । डायलासिस सञ्चालनका लागि जनशक्तिको अभाव भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए । “गण्डकी

पूर्वी पहाडका मृगौला पीडितले इलाममै डायलासिस सुविधा पाउने

इलाम : पूर्वी पहाडी जिल्लाका मृगौला पीडितहरूले अब इलाम अस्पतालमै डायलासिस सेवा पाउने भएका छन्‌। रोटरी क्लब धरान र इलाम नगरपालिकाले इलाम अस्पताललाई तीन थान डायलासिस मेसिन हस्तान्तरण गरेका हुन्‌।सेवा शुरू भएपछि इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका बिरामीले इलामबाटै मृगौला डायलासिस सेवा पाउनेछन्। यहाँ सेवा शुरू भएपछि नियमित डायलासिस गर्न तराई तथा अन्य जिल्लाका अस्पताल पुग्नुपर्ने बाध्यता हट्नेछ।इलाम नगरपालिकाको १५ लाख रुपैयाँ र रोटरी क्लब धरानको २८ लाख ७

रामपुर अस्पताललाई डायलासिस मेसिन प्रदान

पाल्पाको रामपुर अस्पताललाई पाँच वटा डाइलासिस मेसिन हस्तान्तरण गरिएको छ । नेपाल सरकार स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा टेकुले रामपुर अस्पताललाई मागको आधारमा पाँच वटा डाइलासिस मेसिन र एक सेट आरओ प्लाण्ट उपलब्ध गराएको हो ।