जिल्लाको पशुपति चौलागाईं स्मृति अस्पतालमा डायलासिस मेसिन सञ्चालन नभएपछि मिर्गौलाका बिरामीहरु काठमाडौं धाउन बाध्य भएका छन् । वाग्मती प्रदेश सरकारले नि:शुल्क संचालनका लागि पठाएको डायलासिस मेसिन जनशक्ति र पूर्वाधार अभावमा एक वर्षअघिदेखि अस्पतालको भर्याङमुनि थन्किएपछि बिरामीले सास्ती बेहोर्नु परेको हो ।