नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४३.१० अंकले घटेको छ । कारोबार बढेर सुरू भएपनि तीव्र उतार-चढावबीच अन्तिम समयमा ४३ अंकभन्दा बढीले घट्दै परिसूचक २६१० अंकमा झरेको हो । आज नेप्सेमा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । उक्त मूल्य बराबरको सेयर आज ५४ हजार पटक कारोबार भएको हो ।परिसूचक दोहोरो अंकले घटेको दिन आज सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहमा २९५ अंकको गिरावट आएको छ भने निर्जीवन बीमा समूहमा २६८ अंकको गिरावट आएको छ । यसैगरी, उत्पादनमूलक