काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार आज ३२ अंक भन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ४३ अंकले बढेर एक हजार नौ सय ६५ दशमलव ९८ विन्दुमा पुगेको छ ।
म्युचुअल फण्डबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रो फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अंकले बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । दुई सय ३३ वटा कम्पनीका ४२ लाख २३ हजार कित्ता शेयर दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४५ करोड र नविल बैंकको १२ करोड रुपैया...