कास्की क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा (ख)मा नेकपा एमालेका गणेशमान गुरुङ विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई चार हजार ८१२ मत अन्तरले पराजित...
कास्की–३ नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता लिएका छन्। विहानसम्म राष्ट्रिय स्वतन्त्र पार्टीकै योगराज पौडेलसँग पछाडि परेका बैरागीले दिउँसोदेखि अग्रता बनाएका हुन्। बैरागी अहिले पौडेल भन्दा ४ सय ४४ मतले अघि छन्।...
पोखरा- कास्की- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका दामोदर पौडेल बैरागी ३६५ मतले अगाडि आएका छन्। दामोदरले ४ हजार ५५१ र राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ४ हजार १८६ मत पाएका छन्। गठबन्धनका उम्मेदवार माओवादीका रामजी बरालले २ हजार ९७८ मत ल्याएका छन्। यहाँ सुरुवातदेखि नै घण्टीले अग्रता लिएको थियो।
कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । चार हजार एक सय ६७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता लिएका छन्।
पौडेलले एक हजार पाँच...
५ मंसिर, पोखरा । कास्की-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । २५०० मत गणना हुँदा स्वतन्त्र पार्टीका योगराज पौडेलले १०२४ मत पाएर पहिलो स्थानमा छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीले ८३८ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजी बरालले ४३८ मत पाएका छन् । बराललाई नेपाली कांग्रेस, नेकपा एकीकृत […]
पोखरा – कास्की ३ मा मतगणना सुरु भएको छ। दुई स्थानमा मतगणना थालिएको छ। जिल्ला समन्वय समिति कास्कीको हलमा प्रतिनिधिसभा सदस्य र पोखरा उपत्यका नगर विकास समितिको हलमा प्रदेश सभा निर्वाचन क्षेत्र ३ (१) को मतगणना सोमबार दिउँसो एक बजेदेखि मतगणना सुरुवात भएको हो। १ लाख १ हजार ७१५ मतदाता रहेको यो क्षेत्रमा ६१ हजार […]
कास्की, कात्तिक १४ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले नयाँ जनप्रतिनिधि पाउने पक्का छ । यसभन्दा अघि निर्वाचित सांसदले टिकट नपाएपछि यस क्षेत्रले नयाँ प्रतिनिधिसभा सदस्य चयन गर्नेछ । कास्की ३ मा सत्ता गठनबन्धनबाट नेकपा (माओवादी केन्द्र) का रामजीप्रसाद बराल ‘जीवन’ र नेकपा (एमाले)का दमोदर पौडेल ‘बैरागी’बीच प्रतिस्पर्धा हुने […]