कुष्ठरोगीलाई अझै समाजको डर छ । यो रोग लागेका व्यक्तिलाई कतिपय ठाउँमा अझै घृणाको दृष्टिले हेरिन्छ । माइक्रोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म कीटाणुबाट लाग्ने कुष्ठरोग समयमै उपचार गराएमा पूर्ण रूपमा निको हुन्छ । देशका अधिकांश ठाउँमा कुष्ठरोगीलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन नहुँदा कुष्ठरोगी आफ्नो रोग लुकाउन तथा समाजमा खुल्न सकेका छैनन् ।