एनआईसी एशिया फ्लेक्सी क्याप फन्डले आईपीओ जारी गर्दै

१८ जेठ, काठमाडौं । एनआईसी एशिया फ्लेक्सी क्याप फन्डले आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । १९ देखि २४ जेठसम्म आईपीओ निष्कशन तथा बिक्री खुल्ला गर्ने फन्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको प्रति इकाइ मूल्य १० रुपैयाँ अंकित दरको […]

सम्बन्धित सामग्री

एनआईसी एशिया क्यापिटल र युनाइटेड बिजनेश होटलबीच सम्झौता

काठमाडौं ।  एनआईसी एशिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेश होटल प्रा.लि.बीच क्यापिटलको 'आइडिया टु आईपीओ' सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवासहित निष्कासन तथा विक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता भएको छ ।  एनआईसी एशिया क्यापिटलले 'आइडिया टु आईपीओ' सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । क्यापिटलले आइडिया टु आईपीओ सेवामार्फत युनाइटेड बिजनेश होटल प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराउन प्राविधिक सहयोग गर्नेछ । साथै होटललाई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानूनबमोजिम सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्न एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्ति गर्नेछ। क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गर्न तथा साधारण शेयर निष्कासनसम्मको कार्य गर्न आवश्यक परामर्श सेवा दिइरहेको छ । उक्त सेवा लिन चाहने कम्पनीले क्यापिटललाई सम्पर्क गर्न सकिने जनाएको छ ।

मेरो जब डटकमले आईपीओ जारी गर्ने

एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत मेरो जब डटकमले आईपीओ सार्वजनिक गर्ने भएको छ । साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र मेरो जब लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । मेरो जबले रोजगारी खोजिरहेका व्यक्ति र रोजगारी दिने संस्थालाई जोड्ने काम गर्दै...

एनआईसी एशिया क्यापिटलको ५ मा ५ अफर

काठमाडौं (अस) । एनआईसी एशिया क्यापिटलले फागुन २२ गतेदेखि सञ्चालनको पाँचौं वर्ष पूरा गरेको छ । कम्पनीले वार्षिकोत्सव अवसरमा क्यापिटलबाट प्रदान गरिने लगानी व्यवस्थापन सेवाअन्तर्गत ५ मा ५ अफरसहित लगानी व्यवस्थापन सेवा लिने ग्राहकलाई चैत मसान्तसम्म लागू हुने गरी विशेष छुट योजना ल्याएको छ । लगानी व्यवस्थापन सेवा लिने ग्राहकलाई पहिलो वर्षको वार्षिक नवीकरण शुल्कमा ५० प्रतिशत छुट, इनकम ग्यारेन्टी फन्डअन्तर्गत हाल ११.३० प्रतिशत रहेकामा ०.१० प्रतिशत थप गरी वार्षिक ११.४० प्रतिशतको सुनिश्चित प्रतिफल, एक्जिट शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर खाता, एनआईसी एशिया म्युचुअल फण्ड सेवाअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना एनआईसी एशिया डायनामिक डेप्ट फण्डको इकाइ खरिद गर्दा खरिद गरिएको इकाइभन्दा २० प्रतिशत बढी इकाइ वा अधिकतम १,००० सम्मको इकाइ थप गरी खरिदकर्ताको डिम्याट खातामा जम्मा गरिदिनेछ । कम्पनीले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत आइडिया टू आईपीओ नामक नयाँ सेवा सञ्चालन गरिरहेको छ । यसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडिएसनदेखि कम्पनी स्थापना, स्केल अप एक्सपान्सन, ग्रोथ, फरदर एक्सपान्सन हुँदै आईपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्‍याउन आवश्यक पर्ने लगानी स्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्नेछ । एक नेपाली, एक डिम्याट खाता अभियानअन्तर्गत ग्राहकलाई विभिन्न छुटसहित  ग्राहकमुखी सेवा उपलब्ध गराउन कम्पनीले एनआईसी एशिया डिम्याट सेवा चैत मसान्तसम्म निःशुल्क उपलब्ध गराउनेछ । क्यापिटलले ५ वर्षसम्मका बालबालिका लक्षित डिम्याट खाता सेवा सञ्चालनमा ल्याएको छ । यसमा निःशुल्क डिम्याट खाता, २ वर्षसम्मको डिम्याट खाता नवीकरण शुल्कमा छुट दिनेछ । पाँचौं वार्षिकोत्सव अवसरमा काठमाडौं लायन्स क्लबसँगको सहकार्यमा कम्पनीमा कार्यरत कर्मचारीले रक्तदान गरेको क्यापिटलले बताएको छ ।

एनआईसी एशिया क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवा सञ्चालन

एनआईसी एशिया क्यापिटलले मर्चेण्ट बैंकिङ संस्थागत परामर्श सेवाअन्तर्गत ‘आइडिया टु आईपीओ’सवा सञ्चालनमा ल्याएको छ ।जसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनी स्थापनादेखि विभिन्न चरणका कामसँगै आईपीओ जारी गर्नेसम्मका सम्पूर्ण सेवा उपलब्ध हुने बताइएको छ । यो सेवा जुनसुकै क्षेत्र तथा जुन सुकै चरणमा रहेका कम्पनीहरुले लिन सक्ने बताइएको छ । विशेष गरि यो सेवा कृषि, जलविद्युत, होटल […]

एनआईसी एशिया क्यापिटलको आइडिया टू आईपीओ सेवा

काठमाडौं (अस) । एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक मर्चेन्ट बैंकिङ (संस्थागत परामर्श) सेवाअन्तर्गत आइडिया टू आईपीओ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ । सेवाअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडिएसनदेखि कम्पनी स्थापना, स्केलअप, एक्सपानसन, ग्रोथ, फर्दर एक्सपानसन हुँदै आईपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्‍याउन आवश्यक पर्ने लगानी स्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्नेछ । यो सेवा जुनसुकै क्षेत्र तथा जुनसुकै चरणमा रहेका कम्पनीले लिन सक्नेछन् । विशेषगरी यो सेवा कृषि, विद्युत्, होटल एन्ड टुरिजम्, स्वास्थ्य क्षेत्र, व्यापार, औषधी कम्पनीलगायतले लिन सक्नेछन् । क्यापिटलको आइडिया टू आईपीओ सेवाले जुनसुकै अवस्थामा रहेको कम्पनीलाई सहजै आईपीओ जारी गर्ने अवस्थामा पुर्‍याउन सहयोग गर्नेछ । एनआईसी एशिया क्यापिटलले पुँजी अभावमा व्यवसाय विस्तार गर्न नसकिरहेका कम्पनीलाई धितोपत्रको दोस्रो बजारमार्फत सर्वसाधारणमा शेयर जारी गर्ने व्यवस्था मिलाएर  थप पुँजी जुटाइदिने उद्देश्यसहित यो सेवा सञ्चालनमा ल्याइएको बताएको छ ।

५५ हजार कित्ता आईपीओ जारी गर्दै बिएफआइएन, कहिले खुल्छ ?

बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ । कम्पनीले ५५ हजार कित्ता आईपीओ निष्काशन गर्नका लागि एनआईसी एशिया क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धमा नियुक्त गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।

बीएफआईएनले ५५ हजार कित्ता आईपीओ जारी गर्ने

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बीएफआईएन) ले अधिकतम ५५ हजार कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि जारी गर्ने भएको छ ।बिहिबार बीएफआईएनले एनआईसी एशिया क्यापिट लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्दै सेयर निष्कासनको घोषणा गरेको हो । कम्पनीले एकसय रुपैयाँ अंकित ५५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने जनाएको छ ।