एग्रो फार्म कम्पनीले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

चैत १४, काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले शुरु गरेको आइडिया टु आईपीओ सेवामा बुद्धनगर एग्रो फार्म कम्पनी सहभागी भएको छ ।  क्यापिटलले यो सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण काम गर्नेछ ।  सोही सेवा अन्तर्गत रू. १०० अंकित दरको ५ लाख कित्ता आईपीओ सामूहिक लगानीकोष तथा कर्मचारीहरु सहित सर्वसाधारणमा जारी गर्नका लागि बुद्धनगर एग्रो फार्म र एनआईसी एशिया क्यापिटलबिच विक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता भएको छ ।  नेपालको धितोपत्र बजारको इतिहासमा पहिलो पटक एग्रो फार्म कम्पनीले आईपीओ जारी गर्न लागेको क्यापिटलले जानकारी दिएको छ । 

सम्बन्धित सामग्री

होटल फरेष्ट इनले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा दियो निवेदन

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।  कम्पनीले रू. ९८ करोड बराबरको आईपीओ निष्कासन गर्नका लागि कात्तिक १५ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।  कम्पनीले आईपीओ निष्कासन गर्न स्वीकृति पाएपछि ९८ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।  कम्पनीको गत कात्तिक ११ गते बसेको विशेष साधारणसभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव पारित गरेको थियो । यस कम्पनीले काठमाडौंको बुढानीलकण्ठमा पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

मिड सोलु हाईड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको समेत जिम्मेवारी पुरा गरेको क्यापिटललाई आगामी दिनमा शेयर व्यवस्थापनको सम्पूर्ण काम गर्ने जिम्मेवारी समेत दिईएको हो । कम्पनीले सर्वसाधारणमा विक्री गरेको आईपीओ बुधवार बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा भदौ २८ गतेदेखि असोज १ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट पछि दोस्रो चरणमा सर्वसाधारणमा ६ लाख २१ हजार १७२ कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गर्नु अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन १४ गतेदेखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ कम्पनीले भदौ ६ गते बाँडफाँट गरेको थियो । त्यस्तै आयोजना प्रभावित स्थानीयमा साउन १४ गतेदेखि ३० गतेसम्म विक्री गरेको ७ लाख ४८ हजार ४०० कित्ता आईपीओ भने भदौ १८ गते बाँडफाँट गरेको हो । कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमानै आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  शेयर रजिष्ट्रार नियुक्त भएसँगै क्यापिटलले कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरणका लागि आवश्य प्रक्रिया पुरा गर्नुका साथै आगामी दिनमा सम्पूर्ण शेयर व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नेछ ।

हिम स्टार उर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न जेठ ३१ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।  कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा निष्कासन गर्नेछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।  कम्पनीले सोलुखुम्बुको रावादोलु र ओखलढुंगाको बुकु खोलाको पानी प्रयोग गरी ५ मेगावाट क्षमताको बुकु कपाती जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

मेन्छियाम हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, सेबोनबाट पायो स्वीकृति

काठमाडौं । मेन्छियाम हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ । कम्पनीले १६ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि माघ १९ गते सेबोनबाट स्वीकृति पाएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने स्वीकृति पाएसँगै पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

२ ओटा कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

जेठ ४, काठमाडौं । दुई ओटा अलग अलग कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।  भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।  भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले १६ लाख ३२ हजार १६० कित्ता आईपीओ निष्कासन गर्नका लागि २०७८ चैत २ गते निवेदन दिएको थियो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि गत वैशाख ८ गते धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   यी दुई ओटै कम्पनीहरुले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

इमर्जिङ नेपालले आईपीओ निष्कासन गर्दै, कति आवदेन दिन पाइन्छ ?

इमर्जिङ नेपाल लिमिटेडले यहीँ माघ २६ गते बुधबारदेखि ५ लाख ५५ हजार कित्ता बढी प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित ५ लाख ५५ हजार ६०० कित्ता सेयर अर्थात् ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार कुल निष्कासित आईपीओ मध्ये ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि र २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरूका लागि छुट्ट्याइएको छ भने बाँ

इमर्जिङ नेपालले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

साउन १४, काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।  कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न असार १७ गते निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  यसअघि पनि कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएकोमा आवश्यक विवरण नपुगेकाले पाइपलाइनबाट हटाइएको थियो । कम्पनीले आवश्यक विवरणहरु बुझाएपछि पुनः आईपीओ धितोपत्र बोर्डले पाइपलाइनमा राखेको हो ।