चैत १२, काठमाडौं । लुप नेटवर्कस लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि शेयर निष्कासन तथा विक्री प्रबन्धमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। यस म्बन्धमा दुवै कम्पनीका प्रतिनिधि बीच शुक्रवार सम्झौता भएको हो।
एनआईसी एशिया क्यापिटलले “आईडीया टु आईपीओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको बताएको छ ।
उक्त नेटवर्क इन्टरनेट सेवा प्रदायक कम्पनी हो । कम्पनीको चुक्तापूँजी ५ करोड रुपैयाँ छ भने आईपीओ निष्कासनपछि सो पूँजी १२ करोड रुपैयाँ पुग्नेछ । नियामक निकायबाट आईपीओ निष्कासन गर्न अनुमति पाएमा उक्त कम्पनी इन्टरनेट सेवा प्रदायकहरु मध्ये आईपीओ जारी गर्ने पहिलो कम्पनी समेत हुने छ।