एनआईसी एशिया क्यापिटल र युनाइटेड बिजनेश होटलबीच सम्झौता

काठमाडौं ।  एनआईसी एशिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेश होटल प्रा.लि.बीच क्यापिटलको 'आइडिया टु आईपीओ' सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवासहित निष्कासन तथा विक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता भएको छ ।  एनआईसी एशिया क्यापिटलले 'आइडिया टु आईपीओ' सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । क्यापिटलले आइडिया टु आईपीओ सेवामार्फत युनाइटेड बिजनेश होटल प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराउन प्राविधिक सहयोग गर्नेछ । साथै होटललाई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानूनबमोजिम सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्न एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्ति गर्नेछ। क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गर्न तथा साधारण शेयर निष्कासनसम्मको कार्य गर्न आवश्यक परामर्श सेवा दिइरहेको छ । उक्त सेवा लिन चाहने कम्पनीले क्यापिटललाई सम्पर्क गर्न सकिने जनाएको छ । 

सम्बन्धित सामग्री

आइएमई पेबाट एसआईपी भुक्तानी गर्न सकिने

काठमाडौं– डिजिटल वालेट आइएमई पेमार्फत सेवाग्राहीले सजिलै आफ्नो व्यवस्थित लगानी योजनाको रकम भुक्तानी गर्न सक्ने भएका छन् । व्यवस्थित भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको हो । सम्झौताअन्तर्गत अब आइएमई पेका सेवाग्राहीले एनआईसी एशिया क्यापिटल को एनआसी एशिया डाइनामिक डेबिट फण्ड तथा कुमारी क्यापिटलको क्मारी सुनौलो लगानी […]

मिड सोलु हाईड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको समेत जिम्मेवारी पुरा गरेको क्यापिटललाई आगामी दिनमा शेयर व्यवस्थापनको सम्पूर्ण काम गर्ने जिम्मेवारी समेत दिईएको हो । कम्पनीले सर्वसाधारणमा विक्री गरेको आईपीओ बुधवार बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा भदौ २८ गतेदेखि असोज १ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट पछि दोस्रो चरणमा सर्वसाधारणमा ६ लाख २१ हजार १७२ कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गर्नु अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन १४ गतेदेखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ कम्पनीले भदौ ६ गते बाँडफाँट गरेको थियो । त्यस्तै आयोजना प्रभावित स्थानीयमा साउन १४ गतेदेखि ३० गतेसम्म विक्री गरेको ७ लाख ४८ हजार ४०० कित्ता आईपीओ भने भदौ १८ गते बाँडफाँट गरेको हो । कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार ८०० कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमानै आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  शेयर रजिष्ट्रार नियुक्त भएसँगै क्यापिटलले कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरणका लागि आवश्य प्रक्रिया पुरा गर्नुका साथै आगामी दिनमा सम्पूर्ण शेयर व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नेछ ।

अपर लोहोरे खोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ । सर्वसाधारणमा साउन २९ गते आईपीओ बाँडफाँट गरेको कम्पनीले भदौ ३ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको हो । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत पूरा गरेको क्यापिटलले आगामी दिनमा कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खोज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

बिहीवारदेखि फ्लेक्सी क्याप फण्ड निष्कासन गर्दै एनआईसी एशिया क्यापिटल

जेठ १८, काठमाडौं । एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । फण्डले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्कासनमा ल्याउन लागेको हो । फण्डले प्रतिइकाई रू. १० अंकित दरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो । आवेदकले बिहीवारदेखि उक्त इकाईमा आवेदन दिन सक्नेछन् । निष्कासन गरिने कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागेको हो। सो फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाइने छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएको खण्डमा असार २ गतेसम्म आवेदन म्याद थप गरिने  छ ।  ७ वर्षे अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर  एपबाट पनि आवेदन दिन सक्नेछन् ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । यो एक बन्दमुखी योजना हो। आह्वान पत्र हेर्नका लागि यहाँ क्लिक गर्नुहोस:

४ लाख साधारण कित्ता सेयर आउँदै

लुप नेटवर्कस् लिमिटेडले ४ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । त्यसका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र लुप नेटवर्कस् लिमिटेडबीच सम्झौता भएको छ । लुप नेटवर्कस लिमिटेडको रु १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको हो ।

इमर्जिङ्ग नेपालको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

फागुन ९, काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीको आईपीओ विक्रीको जिम्मेवारी पूरा गरेको क्यापिटलले आगामी दिनमा शेयर व्यवस्थापनको काम गर्ने जिम्मेवारी समेत पाएको  हो ।  क्यापिटललाई फागुन ९ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा नियुक्त गरेको जानकारी कम्पनीले सूचनामार्फत दिएको छ ।  अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम एनआईसी एशिया क्यापिटल लिमिटेडबाट हुनेछ ।  यस कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी फागुन ४ गते बाँडफाँट गरेको थियो । आईपीओ विक्री बन्द भएको तीन दिनभित्र आईपीओ बाँडफाँट गर्न सफल भएको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आगामी दिनमा शेयर रजिष्ट्रारको काम समेत जिम्मेवारी पूर्वक गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।  कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरणका लागि प्रक्रिया अघि बढाइसकिएको जानकारी क्यापिटलले दिएको छ । आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०५ दशलमव ११ रहेको कम्पनीले धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारको लागि न्यूनतम रू. १०५ दशलमव ११ देखि अधिकतम रू.३१५ दशमलव ३३ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ ।  नेप्सेले पहिलो कारोवारको लागि वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज व्यवस्था रहेकाले कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।

दोल्तीपावरको शेयर रजिस्ट्रारमा एनआईसी एशिया क्यापिटल

काठमाडौं (अस) । दोल्तीपावर कम्पनीले एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । स्थानीय तथा सर्वसाधारण, सामूहिक लगानी कोष तथा कर्मचारीसहित साधारण शेयर सार्वजनिक निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुई पक्षीय सम्झौता भएको हो ।  कम्पनीले ४.५ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ ।