एनआईसी एशिया क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवा सञ्चालन

एनआईसी एशिया क्यापिटलले मर्चेण्ट बैंकिङ संस्थागत परामर्श सेवाअन्तर्गत ‘आइडिया टु आईपीओ’सवा सञ्चालनमा ल्याएको छ ।जसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनी स्थापनादेखि विभिन्न चरणका कामसँगै आईपीओ जारी गर्नेसम्मका सम्पूर्ण सेवा उपलब्ध हुने बताइएको छ । यो सेवा जुनसुकै क्षेत्र तथा जुन सुकै चरणमा रहेका कम्पनीहरुले लिन सक्ने बताइएको छ । विशेष गरि यो सेवा कृषि, जलविद्युत, होटल […]

सम्बन्धित सामग्री

एनआईसी एशिया क्यापिटल र युनाइटेड बिजनेश होटलबीच सम्झौता

काठमाडौं ।  एनआईसी एशिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेश होटल प्रा.लि.बीच क्यापिटलको 'आइडिया टु आईपीओ' सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवासहित निष्कासन तथा विक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता भएको छ ।  एनआईसी एशिया क्यापिटलले 'आइडिया टु आईपीओ' सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । क्यापिटलले आइडिया टु आईपीओ सेवामार्फत युनाइटेड बिजनेश होटल प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराउन प्राविधिक सहयोग गर्नेछ । साथै होटललाई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानूनबमोजिम सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्न एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्ति गर्नेछ। क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गर्न तथा साधारण शेयर निष्कासनसम्मको कार्य गर्न आवश्यक परामर्श सेवा दिइरहेको छ । उक्त सेवा लिन चाहने कम्पनीले क्यापिटललाई सम्पर्क गर्न सकिने जनाएको छ ।

नेशनल सोलार पावर र एनआईसी एशिया क्यापिटलबीच सम्झौता

काठमाडौं– एनआईसी एशिया क्यापिटल र नेशनल सोलार पावर कम्पनीबीच क्यापिटलबीच सम्झौता भएको छ । आइडिया टु आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवासहित ‘निष्काशन तथा बिक्री प्रबन्धक’ नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । नेशनल सोलार पावर […]