मोरक्कोले पोर्चुगलविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् ।यता, विश्वकपमा पहिलो हाफमा पछि परेका पछिल्ला सबै ६ खेलमा पोर्चुगल पराजित भएको छ । पछिल्लोपटक सन् १९६५ मा मात्र कोरियाविरुद्ध मात्र पोर्चुगलले पुनारागमन गरेको थियो ।