शाैचालय अनुगमनबापतको घुस लिँदै गर्दा समातिए इन्जिनियर

तनहुँ : जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का सब-इन्जिनियर सुरेन्द्र अधिकारी घुससहित पक्राउ परेका छन्।अधिकारीलाई एक लाख ५० हजार रुपैयाँ घुस रकम लिँदै गर्दा व्यास नगरपालिका–२ मालपोत लाइनबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका डिएसपी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए। थारुका अनुसार अधिकारीले शौचालय अनुगमन बापतको कमिसन रकम लिएका थिए। अधिकारीले भानु नगरपालिका–५ मैवलस्थित सरस्वति माध्यमिक विद्यालयको शौचालय निर्माणको अनुगमन गरेबापतको कमिसन लिएका थिए। शौचालय

सम्बन्धित सामग्री

इन्जिनियर बम घुस रकमसहित रंगेहात पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेकानिकल इन्जिनियर दीपक बमलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । कर्णाली प्रदेशको यातायात व्यवस्था कार्यकालमा कार्यरत इन्जिनियर बमलाई विल बुक नवीकरण, जाँच पास नविकराण गरिदिने भन्दै सेवाग्राहीसँग लिएको ३ हजारसहित शुक्रवार पक्राउ गरेको हो । विल बुक, जाँच पास नविकराण र रुटप्रमीट गरिदिने आश्वासनमा घुस माग गरेको भन्ने […]

अख्तियारद्वारा घुस रकमसहित इन्जिनियर नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दीपक बमलाई घुस रकमसहित पक्राउ गरेको छ । शुक्रबार आयोगको टोलीले इन्जिनियर बमलाई सेवाग्राहीबाट रु ३ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेको हो ।बमसँगै बिचौलिया नीरकबहादुर शाहीलाई पनि पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।

साढे तीन लाख घुस लिएको अभियोगमा इञ्जिनियरविरुद्ध मुद्दा

सेवाग्राहीसँग घुस मागेको आरोप लागेका इन्जिनियर नवन डाँगीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । डाँगीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मुद्दा दायर गरेको हो ।  रोल्पाको गंगादेव गाउँपालिकामा कार्यरत रहँदा...

घुस लिएको अभियोगमा इन्जिनियर विरुद्ध मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इन्जिनियर नवन डाँगी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रूपमा कार्यरत इन्जिनियर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटर बाटोको […]

सेवाग्राहीसँग घुस लिने इन्जिनियर अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले शुक्रबार इन्जिनियर डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।  सेवाग्राहीसँग लिएको पचास हजार रुपैयाँसहित डाँगीलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

घुस रकमसहित काठमाडौंबाट सव–इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक सव–इन्जिनियरलाई नियन्त्रणमा लिएको छ। टंगालबाट खटिएको अख्तियारको टोलीले बसुन्धारास्थित जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत सव–इन्जिनियर दिपेन्द्र कुमार केसीलाई घुस रकमसहित कार्यालस...

ओखलढुंगामा ३० हजार घुससहित पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियर पक्राउ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सब–इन्जिनियर घुससहित पक्राउ परेका छन् ।  प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगामा कार्यरत सब–इन्जिनियर राजन पासवान ३० हजार घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विज्ञप्तिअनुसार पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएबापत् सेवाग्राहीसँग घुस रकम मागेका थिए । आयोगसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको व...

घुस लिएको आरोपमा पुनर्निर्माण प्राधिकरणका सब-इन्जिनियर पक्राउ

२० असार, काठमाडौं । राष्टिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत एक इन्जिनियर सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सब–इन्जिनियर राजन पासवानलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाको टोलीले नियन्त्रणमा लिएको हो । पासवानलाई भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग लिएको ३० हजार […]

भुकम्प पीडितलाई एक लाख निकासा दिँदा ३० हजार घुस लिने सव–इन्जिनियर पक्राउ

ओखलढुंगामा भुकम्प पीडितसँग घुस लिने पुनर्निर्माण प्राधिकरणका कर्मचारी पक्राउ परेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली) बाट सिनपा १ तलुवामा खटिएका सव–इन्जिनियर राजन पासवान सेवाग्राहीबाट घुस...