सेवाग्राहीसँग घुस लिने इन्जिनियर अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले शुक्रबार इन्जिनियर डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।  सेवाग्राहीसँग लिएको पचास हजार रुपैयाँसहित डाँगीलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।  

सम्बन्धित सामग्री

गंगादेव गाउँपालिकाका इञ्जिनियर ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा

दाङ – रोल्पामा एक जना ईञ्जिनियर ५० हजार घुस रकमसहित पक्राउ परेका छन्। गंगादेव गाउँपालिकाको कार्यालयका इन्जिनियर नवीन डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएबापत सेवाग्राहीसँग घुस रकम बुझ्ने क्रममा अख्तियारको टोलीले पक्राउ गरेको हो। घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, […]

बुढानिलकण्ठ नगरपालिकाका सव–इन्जिनियर पौडेल अख्तियारको नियन्त्रणमा

काठमाडौं, २४ साउन । बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर विनोद कुमार पौडेललाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको छ । पौडेलले सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गर्न रकमसहित बुढानिलकण्ठस्थित सव्रिना होटलबाट नियन्त्रणमा लिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पौडेलले सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी […]

३० हजार घूससहित सव-इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ । सेवाग्राहीसँग ३० हजार घुस लिएको आरापेमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव-इन्जिनियर राजन पासवान पक्राउ परेका छन् । भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाबाट खटि गएको टोलीले पासवानलाई ३० हजार घुस लिइसकेको […]

घुसको रकमसहित बर्दियाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

बाँके : घुस रकमसहित एकजना इन्जिनियर बर्दियाबाट पक्राउ परेका छन्। गुलरिया नगरपालिकामा कार्यरत असिस्टेन्ट सव–इन्जिनियर रमेशकुमार गौतम १० हजार घुससहित पक्राउ परेका हुन्। उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट गएको टोलीले उनलाई नगरपालिकाको कार्यालय परिसरबाट नियन्त्रणमा लिएको अख्तियारले ज...

इन्जिनियर साह घुससहित अख्तियारको नियन्त्रणमा

सप्तरी जिल्ला शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई निर्माण कार्यको भुक्तानी बापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नियन्त्रणमा लिएको छ ।