काठमाण्डाै - कपिलवस्तुको चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चालनमा आएको छ ।
औषधि प्रतिरोधक क्षयरोग (डीआरटीबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । आधारभूत स्वास्थ्य सेवा अस्पतालमा केन्द्र सञ्चालनमा आएपछि क्षयरोगीको उपचारका लागि अन्तै जानुपर्ने बाध्यता हटेको छ ।
लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो क्षयरोग उपचार केन्द्र चन्द्रौटामा स्थापना गरी सञ्चालन गरिएको राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरदकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार नेपालभर २३ डीआर सेवा र ८६ उपकेन्द्र रहेक...