पोखरा । गण्डकी प्रदेशमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर एण्ड डाइनोस्टिक प्रालिमा गरिएको परीक्षणमा थप ८० जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । संक्रमितहरुमा सबैभन्दा धेरै पोखराका ५५ जना रहेका छन् । तीमध्ये पोखरा ८ मा ९ जना, १७ मा ७ जना रहेका छन् । बाँकी अन्य वडाका रहेका छन् । योसँगै पोखरा सहित कास्कीमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ९६३ पुगेको छ । हालसम्म कास्कीमा ८ हजार ३०७ जना कोरोना मु