बढ्दो बजारीकरणसँगै बजार क्षेत्रबाट निस्केको फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहलाई समस्या हुन थालेको छ । व्यवस्थित ल्यान्डफिल्ड साइड नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्या हुन थालेको हो ।
सिमकोट – सदरमुकामसमेत रहेको सिमकोट बजारको फोहोर व्यवस्थापन भएको छ। गाउँपालिकाले पहिलो पटक डम्पिङ साइट निर्माण गरेर सञ्चालनमा ल्याएपछि सिमकोट बजारको फोहोर हटेको हो। सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला रोकाया भामले कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर ५ र ६ को हुमाने खोलामा नयाँ डम्पिङ साइट निर्माण भएर सञ्चालनमा आएपछि सिमकोट बजारको फोहोर हटेको बताइन्। […]
पर्वत : पोखरा महानगरपालिका–३२ लामेआहालका स्थानीयको अवरोधका कारण १२ दिनदेखि अवरुद्ध पोखरा महानगरपालिकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ।पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइट पुरेपछि अस्थायी रूपमा लामेआहालस्थित सेती नदी किनारमा बजारको फोहोर व्यवस्थापन हुँदै आएको छ। तर फोहोर ओसार्ने गाडीहरूले बाटोमै खसाल्न थालेपछि दुर्गन्ध बढेको भन्दै स्थानीयले गत साउन १० गतेदेखि लामेआहालमा विसर्जन गर्न अवरोध गरेका थिए। फोहोर व्यवस्थापनका लागि पूर्वाध
बजार क्षेत्रको अधिकांश फोहोर ओक्डेनि क्षेत्रमा फाल्नाले सियालाका स्थानीयको खानेपानी मुहान समेत दुषित हुनुका साथै स्थानीयलालाई दुर्गन्धले आवत–जावत गर्न समेत समस्या हुने गरेको स्थानीयले बताएका छन्।...
निरन्तरको वर्षासँगै पहिरोले सडक अवरुद्ध हुँदा दुई सातादेखि बेँसीशहर बजारको सडक र घरको आँगनमा थुप्रिएको फोहोर उठाउन थालिएको छ । बेँसीशहर नगरपालिकाको ल्याण्ड फिल्ड जाने बाटोमा पहिरो गएपछि दुई सातादेखि बेँसीशहर...
२९ चैत, वीरगञ्ज । फोहोर मैला व्यवस्थापन काठमाडौंजस्ता ठूला सहरको मात्र होइन, भर्खरै सहरीकरण हुन थालेका बजारको समस्या हो । पहाडी क्षेत्रको तुलनामा तराई मधेसमा फोहोर मैला अझै ठूलो समस्या हो । तराईका साना ठूला सबै बजारको साझा समस्या हो फोहोर मैला । स्थानीय सरकार सञ्चालन ऐन-२०७४ ले सरसफाइ र फोहोर मैला व्यवस्थापनको जिम्मेवारी स्थानीय […]
दाङ : तुलसीपुर उपमहानगरपालिका-६ चाँदनी टोलका गणेश रेग्मीलाई आफ्नो घरअगाडि थुप्रिएको फोहोर देख्दा लाज लाग्छ। तर, त्यो फोहोर उनले फालेका हैनन्। तुलसीपुरको पातुखोलाबाट सिँचाइका लागि ल्याएको कुलोबाट उक्त फोहोर आएर उनको घरअगाडि मात्र नभएर टोलैभरि असरल्ल छ।बर्खा होस् वा हिउँद पानी परेपछि यसरी नै कुलोले फोहोर बगाएर ल्याउने भएकाले आफूहरूले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएको उनले बताए। उनले भने, ‘यो फोहोरले गर्दा हामीलाई धेरै लाज लाग्ने गरेको छ। हामीले गरेको फोहोर होइ
सिमकोट – सिमकोट गाउँपालिकाको बुराउसे र बरगाउँ जाने सडक दुर्गन्धित भएको छ। बजारको फोहोर संकलन गरेर सडक छेउमै फाल्नाले सडक दुर्गन्धित भएको हो। सिमकोट गाउँपालिका–६ का स्थानीय जौका रोकायाले बजार क्षेत्रमा ट्र्याक्टरमा संकलन भएर ल्याएको फोहोर चिसामुल क्षेत्रमा जथाभावी फाल्नाले सो क्षेत्रको सडक दुर्गन्धित भएको जानकारी दिए। एक ठाउँमा मात्र नभई चार–पाँच ठाउँमा फोहोर फाल्नाले […]
पूर्वमन्त्री प्रभु साहले राजनीतिक फोहोर नहटेसम्म देशको विकास असम्भव रहेको बताएका छन् । बुधबार कटहरिया बजारको सरसफाइपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेता साहले आफैभित्र रहेको राजनीतिक फोहोर नहटेसम्म सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पूरा नहुने धारण राखे । पूर्वमन्त्री साहले देशमा दूषित राजनीति, कुशासन र ब्यापक भ्रष्टाचार बढेको बताउँदै राजनीतिक भागबन्डाको अन्त हुनुपर्ने बताए ।उनले स्थानीय व्यापारी, राजनीतिकर्मी, कर्मचारी र जनता सबै मिलेर समृद्धिका लागि
बारा : जीतपुरसिमरा उपमहानगरपालिकामा तीन महिनादेखि फोहोर उठेको छैन। नगरपालिकाको मुख्य शहरी क्षेत्र सिमरा, जीतपुर, औराहा, डुमरवाना, अम्लेखगञ्ज बजारको चोकमा फोहोर थुप्रिँदा बजार क्षेत्रमा दुर्गन्ध फैलिँदै गएको छ।स्थानिय तरकारी व्यवसायी ईर्बराहन महमदले लामो समयदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएर व्यापार व्यवसाय नै चौपट भएको बताए। तरकारी बजारका व्यवसायीहरुले फोहोर व्यवस्थापनका लागि शुल्क बुझाए पनि तीन महिनादेखि फोहोर व्यवस्थापन हुन सकेको छैन।‘फोहर गन्हायो भनेर मान्छे तरकारी किन्नै आउँदैनन्, व्यापा
बर्दिया : ठाकुरबाबा नगरपालिकाले फोहोर संकलन नगरेपछि युवाहरुले भुरिगाउँ बजार क्षेत्र सरसफाई गरेका छन्। यस क्षेत्रको फोहोर करिब दुई महिनादेखि उठेको छैन।स्थानीय युवा निर्देश अधिकारीका अनुसार ठाकुरबाबाका सक्रिय युवा, नेपाल रेडक्रस सोसाइटी, हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी, नेपाल प्रहरी, नेपाली सेना, जिम क्लव तथा व्यापारीहरुको सहभागितामा फोहोर व्यवस्थापन गरिएको हो। दुई महिनादेखि बजारको मुख्य क्षेत्र तथा आसपासमा फोहोर थुप्रिँदासम्म पनि नगरपालिका मुकदर्शक भएको युवाहरुले गुनासो छ।नगरपालिकाले